गृहपृष्ठ ∕ समाचार ∕ कमलपोखरीमा एनएमएले बनायो डाक्टरका लागि १०० शैय्याको क्वारेन्टिन कमलपोखरीमा एनएमएले बनायो डाक्टरका लागि १०० शैय्याको क्वारेन्टिन हेल्थ आवाज सोमबार, २०७८ जेठ ३ गते, १३:१४ मा प्रकाशित काठमाडौं–कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिरहेका चिकित्सकहरुको व्यक्तिगत सुरक्षालाई ध्यान दिदैं नेपाल चिकित्सक संघ (एनएमए)ले १ सय शैय्याको सुविधासम्पन्न क्वारेन्टिन सञ्चालनमा ल्याएको छ । कमलपोखरीस्थित अग्रवाल भवनमा सञ्चालनमा ल्याइएको उक्त क्वारेन्टिन सोमबार भर्चुअल माध्यमबाट भारतीय राजदूत विनयमोहन क्वाज्ञाले उद्घाटन गरेका छन् । एनएमएले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ र सेवा इन्टरनेशलको सहयोगमा उक्त क्वारेन्टिन सञ्चालमा ल्याएको संघका महासचिव डा. बद्री रिजालले जानकारी दिए । उक्त क्वारेन्टिनको सञ्चालनका लागि संघका केन्द्रीय सदस्य डा. प्रमोद जोशीको संयोजकत्वमा ३ सदस्सीय समिति समेत बनाइएको छ । केही समयपश्चात सञ्चालन गरिने उक्त क्वारेन्टिन सेन्टरमा दिनको ४ पटक स्वस्थ खाना उपलब्ध गराइनेछ । संघले केही समयपश्चात आइसोलेसन सेन्टर पनि सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ । आइसोलेसन सेन्टरमा अक्सिजन, अत्यावश्यक औषधि र दैनिक ४ पटक खाना उपलब्ध गराइने संघले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्षयरोग नियन्त्रणका लागि नयाँ पञ्चवर्षीय रणनीतिक योजना बन्दैं वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार पारदर्शी बनाउन कार्यविधि सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ :… वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा… धेरै पढिएका १ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ २ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ उपकुलपति नियुक्ति नहुँदा कार्य सम्पादनमा परेको प्रभाव ७ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै Kalpana Craft ट्रेण्डिङ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं क्षयरोग नियन्त्रणका लागि नयाँ पञ्चवर्षीय रणनीतिक योजना बन्दैं राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार पारदर्शी बनाउन कार्यविधि वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं क्षयरोग नियन्त्रणका लागि नयाँ पञ्चवर्षीय रणनीतिक योजना बन्दैं राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार पारदर्शी बनाउन कार्यविधि