२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थपिए ७२२० कोभिड-१९ संक्रमित

देशभर थपिए ७२२० कोभिड-१९ संक्रमित


काठमाडौँ – देशभर गरेर थप ७ हजार ४ सय २५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ७ हजार २ सय २० जना र एन्टीजेन विधिबाट २ सय ५  गरी थप ७ हजार ४ सय २५ जनामा  कोरोना पुष्टि भएको हो ।

देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सोमबार २७ सय ८५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये सबैभन्दा बढी काठमाडौँमा १८०६, ललितपुरमा ६ सय ८१ र भक्तपुरमा २ सय ९८ गरी २७ सय ८५ मा कोरोना पुष्टि भएको हो ।

यस्तै, आज ७ हजार १ सय ३५ जना निको भएका छन् । यससँगै निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ