२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोभिड-१९ उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण, ट्वाइलेटको झ्याल फोडेर ज्यान जोगाए

कोभिड-१९ उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण, ट्वाइलेटको झ्याल फोडेर ज्यान जोगाए

भेरी अस्पतालमा २० जना प्रहरीलाई सुरक्षामा खटाइयो, तीन जना पक्राउ


नेपालगन्ज-नेपालगन्जको भेरी अस्पतालको कोभिड-१९ वार्डमा काम गर्ने चिकित्सक र स्टाफ नर्समाथि बिरामीका आफन्तहरुले कुटपिट गरेका छन् । बिरामीका आफन्तहरुले स्टाफ नर्स सदीक्षा गैरे, आश्विन गुरुङ, डा. चन्द्रप्रकाश साहुमाथि हातपात भएको भेरी अस्पताल कर्मचारी युनियनका अध्यक्ष होम नाथ सुवेदीले बताए।

अस्पतालको कोभिड-१९ वार्डको हल नं १ मा भर्ना भएका दाङका डिल्लीबहादुर रावतको अवस्था गम्भीर भएर मृत्यु भएपछि उनका आफन्तहरुले चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै कुटपिट गरेका हुन् ।

मृत्यु भएका बिरामीका आफन्तहरुले कुटपिट गर्न सुरु गरेपछि स्टाफ नर्स र चिकित्सक शौचालयमा गएर सिसाको झ्याल फोडेर भागी ज्यान जोगाएका थिए । कुटपिटमा परेका चिकित्सक र स्वास्थ्यकर्मीलाई सामान्य चोटपटक लागे पनि स्वास्थ्य अवस्थामा भने सामान्य नै छ ।

उपचारमा खटिएकै बेला चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणले आफूहरुको ज्यान असुरक्षित भएकाले चिकित्सक र स्वास्थ्यकर्मीहरु सुरक्षाको ग्यारेन्टी नहुँदासम्म काममा फर्किने नसक्ने अवस्था नभएको अध्यक्ष सुवेदीले बताए ।

प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका तीन जनामध्ये दुई जना मृतक रावतका भाइ र एकजना छोरा रहेको खुलेको छ ।

स्वास्थ्यकर्मीले सुरक्षाको माग गरेपछि राति देखि नै भेरी अस्पतालमा थप २० जना प्रहरीको टोली खटाइएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ