२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविवेकशील साझाका नेता उज्जवल थापाको निधन

विवेकशील साझाका नेता उज्जवल थापाको निधन


काठमाडौं – विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको निधन भएको छ । मंगलबार ४ बजेर २५ मिनेटमा  उपचारका क्रममा उनको नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।

 नेता थापा कोभिड १९ संक्रमणबाट गम्भीर भएपछि उनी सुरुमा ह्याम्स अस्पताल भर्ना भएका थिए । त्यसपछि उनलाई ग्राण्डी अस्पतालमा रिफर गरिएको थियो । पछि उनलाई इक्मो विधिबाट उपचार गर्नका लागि नेपाल मेडिसिटी अस्पताल लगिएको थियो । यो प्रविधीबाट उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार आएको थिएन ।

सोमबार मात्र उनको कोभिड १९ रिपोर्ट नेगेटिभ आएको थियो । कोभिड १९ रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्य अवस्था गम्भीर थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)