२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १निषेधाज्ञा उल्लंघन गर्ने विराटनगरका ४० जना व्यापारी प्रहरी नियन्त्रणमा

निषेधाज्ञा उल्लंघन गर्ने विराटनगरका ४० जना व्यापारी प्रहरी नियन्त्रणमा


विराटनगर – दोस्रो लहरमा फैलिएको कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मोरङले लागू गरेको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले विराटनगरका ४० जना व्यापारीलाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले विराटनगर महानगरपालिकाभित्र व्यापार व्यवसाय गर्ने ४० जना व्यापारीलाई बुधबार नियन्त्रणमा लिएको हो ।

निषेधाज्ञा उल्लघंन गरेपछि अटेरी गर्ने व्यापारीहरूलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । नियन्त्रणमा लिएको व्यापारीहरू अहिले मोरङ प्रहरी कार्यालय परिसरभित्र छन् ।

निषेधाज्ञा उल्लंघन गरि अटेरी गरि पसल खोल्ने व्यापारीलाई नियन्त्रणमा लिएका हौं,’ डिएसपी राईले भने, ‘अहिले उहाँहरूलाई सम्झाइ बुझाइ गरिनेछ । पुनःअटेरी गरि निषेधज्ञामा पनि भिडभाड गरि व्यापार व्यवसाय संचालन गरे कारवाहीका दायरमा ल्याउनेछौं ।’

यसअघि मंगलबार निषेधाज्ञाको उल्लंघन गरी पसल खोलेको आरोपमा जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका चार जना व्यापारीसँग जरिवाना असुल गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ उल्लंघन गरेको आरोपमा उनीहरुलाई ३० हजारका दरले जरिवाना गरेको हो ।

प्रशासनले चुन्नी यादव, अजय राय, राजेश बर्मा, सुमन साहलाई जरिवाना गरेको हो । कोरोना महामारीको संक्रमण उच्च र जोखिम रहेको अवास्थामा पनि जारी निषेधाज्ञामा खोल्न नमिल्ने पसलहरु खोलेको भन्दै प्रशासनले उनीहरुलाई कारवाही गरेको छ ।

अहिले प्रदेश १ मा संक्रमण बढदो क्रममा रहेको छ । प्रदेशमा देखिएको संक्रमित मध्ये आधा भन्दा बढी मोरङका छन् । मोरङमा देखिएको संक्रमित मध्ये पनि विराटनगरमा सबैभन्दा धेरै संक्रमित रहेका छन् ।

विराटनगरमा महानगरपालिका भित्र मंगलबारसम्म ७ हजार ९ सय ५० संक्रमित रहेका छन् । जसमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ४७ जना रहेको विराटनगर महानगरपालिकाले जनाएको छ । १ सय ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

संक्रमण दर बढदै गएको कारणले स्थानिय प्रशासनले मोरङमा निषेधज्ञा थप कडाईका साथ निषेधाज्ञा कार्यान्यन गरने प्रशासनले जनाएको छ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ