२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनवनियुक्त स्वास्थ्यमन्त्री तामाङले लिए शपथ

नवनियुक्त स्वास्थ्यमन्त्री तामाङले लिए शपथ


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङले पाएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुन:गठन गर्दै तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

नवनियुक्त स्वास्थ्यमन्त्री तामाङले शुक्रबार बेलुकी ८ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा पद तथा गोपनियताको शपथ लिएका छन् । तामाङ नेकपा एमालेको कार्यालय सचिव हुन् ।

उनी विघटित प्रतिनिधिसभामा सिन्धुपाल्चोक-२ बाट सांसद थिए ।

यसअघि स्वास्थ्यमन्त्री हृदयेस त्रिपाठी थिए  ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ