२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ खाद्यजन्य रोगकै कारण वर्षेनी ४ लाख २० हजार मानिसको ज्यान जान्छ : डब्लुएचओ

खाद्यजन्य रोगकै कारण वर्षेनी ४ लाख २० हजार मानिसको ज्यान जान्छ : डब्लुएचओ


हरेक वर्ष जुन ७ तारिखको दिन ‘विश्व खाद्य सुरक्षा दिवस’को रुपमा मनाइन्छ। संयुक्त राष्ट्र महासभाद्वारा डिसेम्बर २०१८मा खाद्य र कृषि संगठनको सहयोगबाट मनाउने घोषणा गरिएको थियो। यस दिन मनाउनुको पछाडी खाद्य सुरक्षा प्रति आममानिसलाई जागरुक गर्ने उद्देश्य थियो।

दुषित भोजनले गम्भीर रोगको शिकार बनाउने गर्छ। हरेक व्यक्तिले पर्याप्त मात्रामा सुरक्षित र पौष्टिक भोजन प्राप्तिको सुनिश्चित गर्नु खाद्य सुरक्षाको उद्देश्य हो। अस्वस्थकर खानेकुराका कारण प्रत्येक वर्ष विश्वभर गरेर ४ करोड मानिस बिरामी पर्ने गर्छन भने ४ लाख २० हजार मानिसको ज्यान जाने गरेको अध्ययनहरुले देखाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

दक्षिण पूर्व एशिया क्षेत्र डब्ल्यूएचओकी क्षेत्रीय निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले जारी गरेको नोट अनुसार विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वभरमा १० मध्ये १ व्यक्ति अस्वस्थकर खानेकुराले नै गर्दा खाद्यजन्य रोगको शिकार बन्न पुग्छ जसले स्वास्थ्यको ठुलो जोखिम निम्त्याउँछ। विश्वका सरकारहरू, संघ–संस्थाहरू र आममानिस यस अभियानमा जोडिएमात्रै खाद्य सुरक्षा अभियान पूरा हुन सक्ने संगठनले जनाएको छ ।

विश्व खाद्य सुरक्षा दिवसको माध्यमबाट डब्लुएचओले दूषित खानाका कारण लाग्ने रोगको दर घटाउने लक्ष्य लिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ