२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागको केन्द्रीय स्टोरबाट बाँडियो ७७ भेन्टिलेटरसहितका यी २२ स्वास्थ्य सामाग्री

स्वास्थ्य सेवा विभागको केन्द्रीय स्टोरबाट बाँडियो ७७ भेन्टिलेटरसहितका यी २२ स्वास्थ्य सामाग्री


काठमाडौं–स्वास्थ्य सेवा विभागको केन्द्रीय स्टोरबाट कोभिड–१९ दोस्रो लहर सुरु भएपछि ७७ वटा भेन्टिलेटर विभिन्न अस्पतालहरुलाई बाँडिएको छ । विभागको तथ्यांकअनुसार १ बैशाखदेखि २४ जेठसम्म भेन्टिलेटरबाहेकका विभिन्न २२ वटा स्वास्थ्य सामाग्री बाँडिएका छन् ।

जसमा पिसिआर टेष्ट किट २ लाख ७९ हजार १ सय २४, आरएनए एक्ट्याक्सन किट १ लाख ५४ हजार ४ सय ८०, आरएनए एक्ट्याक्सन किट (अटोमेटेड) २३ हजार, भिटिएम २ लाख ७ हजार २ सय बाँडिएको छ ।

यस्तै, एन्टीजेन किट (कोभिड–१९) १४ लाख ३८ हजार २५, मास्क (कोभिड–१९) ८२ लाख ४२ हजार ५ सय ५ , एन-९५ मास्क ४ लाख ४७ हजार ३ सय ४१, गाउन सेट (कोभिड–१९) १ लाख ४५ हजार ४ सय २२, गाउन रियुजेबल १६ हजार ३ सय ८० थान वितरण गरिएको छ । यो अवधिमा फेसशिल्ड २ लाख २५ हजार ८ सय ७१, एक्जामिनेसन ग्लोब ५ लाख ९४ हजार १ सय ५० थान वितरण भएको छ ।

विभागकाअनुसार अक्सिजन कन्सनटेटर ७ सय ३७, अक्सिजन कन्सनटेटर १०एल ३३, ब्याटीसहितका अक्सिजन कन्सनटेटर ४६, अक्सिजन सिलिण्डर ४० लि. ५ हजार १ सय ३९, अक्सिजन ग्याँस सिलिण्डर ४० लि. ३ सय ६९, बिप्याप मेसिन १०९, सीप्याप २० वटा वितरण गरिएको छ ।

यस्तै, मोनिटर ४ वटा, पल्स अक्सिमिटर ४ हजार ५ सय ७४ वटा र हाइफ्लो नोजल क्यानुला ८९ वटा वितरण गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ