२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पतालमा जनरल ओपीडी र राष्ट्रिय ट्रमा सेन्टरमा इमर्जेन्सी शल्यक्रिया सेवा सुरू

वीर अस्पतालमा जनरल ओपीडी र राष्ट्रिय ट्रमा सेन्टरमा इमर्जेन्सी शल्यक्रिया सेवा सुरू

वीर र ट्रमाबाट एक साताभित्र नियमित स्वास्थ्य सेवा सुचारु गरिने


काठमाडौं–वीर अस्पतालमा जनरल ओपीडी सेवा भएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै स्थगित भएको जनरल ओपीडी सेवा मंगलबारबाट सुरु भएको हो ।

युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमले एक हप्ताभित्रै कोभिड–१९ का सबै बिरामीलाई नयाँ सर्जिकल भवनबाट उपचार गरिनेछ । ‘वीर र राष्ट्रिय ट्रमा सेन्टर दुवैको नियमित सेवा एकहप्ताभित्र सुरु गर्ने गरी काम गरिरहेका छौं,’ उनले भने ।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले ट्रमामा आकस्मिक शल्यक्रिया सेवा सुरु गरिएको बताए । ‘हामीले आकस्मिक शल्यक्रिया सुरु गरिसकेका छौं,’ उनले भने । ट्रमाले लिक्वीइड अक्सिजन टंयाक र अक्सिजन प्लान्ट राख्ने तयारी अन्तिम चरमा पु¥याएको छ ।

यस्तै, वीर अस्पतालमा थप आईसीयु वेडहरु पनि थपिएको छ । यसअघि वीरको पुरानो भवनमा ९ वटा आईसीयु सञ्चालनमा रहेको थियो । जसमा थप ६ वटा आईसीयु थपिएको छ । नयाँ भवनमा १८ वटा आईसीयु दुई–तीन दिनभित्रैमा सुरु गर्ने तयारी रहेको डा. गौतमले जानकारी दिए ।

अहिले ट्रमाको एक तलामा कोभिड–१९ का ४० जना बिरामीको उपचार भइरहेको छ । वीरमा पुरानो र नयाँ सर्जिकल भवनमा गरेर १५३ जना कोभिड-१९ का बिरामी उपचाररत छन् । एक साताभित्रै तीमध्ये निको भएर घर फर्किएका बाहेकलाई सर्जिल भवनबाट उपचार गर्ने तयारी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ