२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६२९५ जना कोभिड-१९ संक्रमणमुक्त, ३३८४ जना नयाँ संक्रमित थपिए

६२९५ जना कोभिड-१९ संक्रमणमुक्त, ३३८४ जना नयाँ संक्रमित थपिए


काठमाडौं-नेपालमा थप ३ हजार ३ सय ८४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या पिसिआर परीक्षण गरेकामा ६ लाख ६ हजार ७ सय ७८ पुगेको छ भने एन्टीजेन परीक्षणबाट १९ हजार ७ सय ५७ जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २ सय ९५ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६१ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ