२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारट्रमामा ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ लागु, अस्थायी मेडिकल अफिसरको ८० हजार, विशेषज्ञ चिकित्सकको २ लाख २ हजारसम्म तलब भत्ता

ट्रमामा ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ लागु, अस्थायी मेडिकल अफिसरको ८० हजार, विशेषज्ञ चिकित्सकको २ लाख २ हजारसम्म तलब भत्ता


काठमाडौं–राष्ट्रिय ट्रमा सेन्टरले ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागु गरेको छ । मंगलबारदेखि ट्रमाले नेपाल सरकारको सरकारी स्वास्थ्य सेवामा कायपलट ल्याउने ठानिएको उक्त महत्वकांक्षी कार्यक्रम लागु गरेको हो ।

सरकारी चिकित्सकले सेवा सुविधा कम भएको भन्दै असन्तुष्टि जनाइरहेका बेला ट्रमामा भने यो कार्यक्रम लागु भएसँगै चिकित्सकहरुले आकर्षण तबलभत्ता पाउने छन् । तलबभत्ता गरी ट्रमा अस्थायी मेडिकल अफिसरले मासिक ८० हजार ७ सय ६० रुपैयाँ तलब भत्ता पाउनेछन् । यस्तै विशेषज्ञ चिकित्सकले मासिक २ लाख २ हजार ४ सय*सम्म तलबभत्ता पाउनेछन् ।

अहिले आठौं तहका मेडिकल अफिसरको तलब ४० हजार ३ सय ८० रुपैयाँ छ । यस्तै, नवौ तहको ४३ हजार ५ सय ८० रुपैयाँ, दशौं तहको ४७ हजार ३ सय ८० रुपैयाँ र एघारौं तहको ५० हजार ६ सय रुपैयाँ तलब छ ।

ट्रमामा नवौ, दशौ र एघारौं तहका स्थायी चिकित्सकले एकेडेमिक अलाउन्स भनेर १०० प्रतिशत भत्ता पाउँछन् । यस्तै, स्थायी र अस्थायी दुवैले ५० प्रतिशत अस्पताल सेवा विस्तार भत्ता पाउने गरेका छन् ।

त्यसबाहेक ‘एक चिकित्सक/स्वाथ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागु भएसँगै लागु हुने मिनिमम सर्विस स्ट्यान्डर्ड (एमएसएस) लागु नभएका अस्पतालले सो घोषणा गर्ने भनेको छ । ‘ट्रमा सेन्टर जस्तो बलियो संस्थाले आफ्नो एमएसएस शतप्रतिशत छ भन्न सक्छ,’ ट्रमाका निर्देशक डा. सन्तोष पौडेलले भने ।

त्यो हुँदा स्यालरीमा थप सतप्रतिशत भत्ता जोडिने छ । त्यसबाहेक अस्पताल विस्तारित सेवा लागु हुँदा कम्तिमा ५० प्रतिशत अन्य भत्ता थपिन्छ । त्यो गर्दा नवौं, दशौं र एघारौंको ३ सय प्रतिशत भत्ता हुन आउँछ भने तलब जोडदा ४ सय प्रतिशत हुन आउँछ । आठौं स्थायी विशेषज्ञ अथवा एकेडेमिक छ भने १ सय प्रतिशत र अस्पताल सेवा विस्तारको ५० प्रतिशत र ईएचएसको थप ५० प्रतिशत पाउँछ । जसले उसको तलबभत्ता ३ सय प्रतिशत पुग्न जान्छ ।

अस्थायी मेडिकल अफिसरमा ४० हजार ३ सय ८० तलब र ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था कार्यक्रम’को एमएसएसको सो घोषणाका आधारमा थपिएको १०० प्रतिशत जोड्दा ८० हजार ७ सय ६० रुपैयाँ तलब हुन्छ ।

पद मेडिकल अफिसर तर विशेषज्ञता पाएर अध्ययन–अध्यापनमा पनि संलग्न छ भने थप १०० प्रतिशत एकेडेमिक भत्ता, सेवा विस्तार ५० प्रतिशत र ईएचएसको ५० प्रतिशत गरी १ लाख ६१ हजार ५ सय २० रुपैयाँ तलब पाउँछ ।

तलब र भत्ता गर्दा नवौ तहले १ लाख ७४ हजार ३ सय २० रुपैयाँ मासिक तलब भत्ता पाउनेछन् भने दशौ तहले मासिक तलब भत्ता १ लाख ८९ हजार ५ सय २० रुपैयाँ पाउनेछन् । एघारौं तहका चिकित्सकले २ लाख २ हजार ४ सय* रुपैयाँ मासिक तलब भत्ता पाउनेछन् ।

‘हाम्रो अस्पतालमा ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ लागु गर्नका लागि चिकित्सकहरुले पाउने सेवा सुविधा उहाँहरुले भनेअनुसार नै पाउने अवस्था छ,’ निर्देशक डा. पौडेलले भने, ‘त्यसकारण ट्रमामा आजबाट हामीले यो कार्यक्रम लागु गरेका छौं । उहाँहरुले थप भन्नुभएका सफ्ट लोनलगायतका अन्य मागहरु सम्बोधनका लागि सरकारसँग पहल गरिनेछ ।’

अहिलेकै अवस्थामा यो कार्यक्रम लागु हुँदा सबैभन्दा बढी सेवा सुविधा पाउने ट्रमा सेन्टरकै चिकित्सकहरुले यसको विरोध गरिरहेका छन् । तथापि, सरकारले लागु गर्ने भनिसकेको कार्यक्रम आजबाटै सुरु भएको निर्देशक डा. पौडेल बताउँछन् ।

‘एक चिकित्सक/स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था’ कार्यक्रम १ असारदेखि सरकारले १० वटा सरकारी अस्पतालमा लागु गर्दैछ । जसमा केन्द्रीय अस्पतालहरुमा राष्ट्रिय ट्रमा सेन्टर, प्रसुति गृह थापाथली, गजेन्द्रनारायण सिंह अस्पताल, भरतपुर अस्पताल र डडेल्धुरा अस्पताल छन् । त्यसैगरी प्रदेश अस्पतालमा पाँचथर अस्पताल, दैलेख अस्पताल, प्युठान अस्पताल, गोखरा अस्पताल, त्रिशुली अस्पताल नुवाकोट रहेका छन् ।

*यसअघि अन्यथा भएकाले सच्चाइएको छ


क्याटेगोरी : समाचार
ट्याग : #‘एक चिकित्सक/स्वास्थ्यकर्मी, #आकर्षण तबलभत्ता, #एक स्वास्थ्य संस्था’, #राष्ट्रिय ट्रमा सेन्टर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ