२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १‘बिएण्डसीको पक्षमा भएको अन्तरिम आदेश खारेज भएको छैन, पेशी विपक्षीले सारेका हुन्’

‘बिएण्डसीको पक्षमा भएको अन्तरिम आदेश खारेज भएको छैन, पेशी विपक्षीले सारेका हुन्’


काठमाडौँ –झापास्थित बिएण्डसी मेडिकल कलेजले अदालतबाट बिएण्डसीको पक्षमा दिइएको अन्तरिम आदेश कायमै रहेको दावी गरेको छ । सो कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाइले बिहिबार विज्ञप्ति जारी गरी सो दावी गरेका हुन् ।

उनले जारी विज्ञप्तिमा केही दिन देखि सर्वोच्च अदालतले १८ कार्तिक २०७७ मा दिएको अन्तरिम आदेश ७ मंसिर २०७७मा बिएण्डसीको पक्षका वकिलले पेशी स्थगित गरेका कारण अन्तरिम आदेश स्वत खारेज भएको भन्दै आएको समाचार झुट रहेको दावी गरेका छन् । सो मितिमा तोकिएको पेशी आफ्नो तर्फको वकीलले सारेको नभइ विपक्षीतर्फबाट बहस गरिरहेकाले वकिलले सारेको उल्लेख छ ।

विज्ञप्तिमा विपक्षीतर्फबाट वकालत गर्ने अधिवक्ता नारायण प्रसाद खनालले आफु कोभिड संक्रमित भइ बहस गर्न असम्भव भएको हुदा पेशी स्थगित गर्न निवेदन दिएका थिए । उनको पेशी स्थगित गर्ने निवेदनका कारण सो दिन तोकिएको पेशी १२ माघ २०७७ का दिन तोकिएको थियो ।

सो दिनको पेशीको सुनुवाइ गर्दै न्यायाधीस मिरा खड्का र बमकुमार श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिंदै अन्तिम सुनुवाइको लागि पेश गर्ने आदेश दिएको थिए ।

त्यसैगरी, ४ जेठमा पेशी तोकिएतापनि अर्को आदेश वा फैसाला हुन नसकेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, विज्ञप्तिमा बिएण्डसीले चिकित्सा शिक्षा आयोग जारी हुनु भन्दा ८ वर्षअघि आसय पत्र लिएको र मेडिकल कलेजको पुर्वाधार पुरा गरी तीन वर्ष अगाडी नै सम्बन्धनको लागि काठमाडौ विश्वविद्यालयमा निवेदन दिएको समेत उल्लेख छ ।

ऐन जारी हुनु तीन वर्षअघि नै निवेदन दिएका आधारमा ऐनको दफ १३ (६) बमोजिम विश्वविद्यालयले सम्बन्धनकोलागि चिकित्सा शिक्षा आयोगलाई पत्र पठाएको थियो । ‘कानुन बमोजिम प्रकृया अगाडी बढाउन खोज्दा अदालतले दिएको अन्तरीम आदेशलाई फरक तरिकाले  प्रचार गरेको हुँदा विज्ञप्तिमार्फत आम सुमदायमा भ्रम नपरोस भनेर जानकारी गराइएको हो ।’,प्रसाइले भने ‘हामी कानुनीरुपमा एक इन्च पनी तलमाथि गर्दैनौ, यहाँ सत्य भन्दा भ्रम छर्ने काम बढी भएको छ ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ