२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार७ मंसिरको पेसी रोक्ने निवेदनले बीएण्डसीलाई दिएको अन्तरिम आदेश खारेज भएको छैनः अर्याल

७ मंसिरको पेसी रोक्ने निवेदनले बीएण्डसीलाई दिएको अन्तरिम आदेश खारेज भएको छैनः अर्याल


काठमाडौं—अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतले गत १८ कार्तिक २०७७ मा बीएण्डसी मेडिकल कलेजको पक्षमा दिइएको अन्तरिम आदेश ७ मंसिर ७ को सुनुवाई स्थगित गर्न दिएको निवेदनको आधारमा रद्ध नभएको बताएका छन् ।

हेल्थ आवाजसँग कुरा गर्दै उनले अदालतको वेवसाइडमा पक्षको वकिलले स्थगित गरेको भनेर उल्लेख गरेका आधारमा आफूले अन्तरिम आदेश खारेज भएको भन्ने धारणा राखेको बताए ।

‘म यो मुद्धाको पक्ष विपक्षमा लडेको वकिल होइन् । तर, आदेश पाउने पक्षले पेसी स्थगित गरे पहिलेको अन्तरिम आदेश स्वतः खारेज हुने कानुनी प्रावधान भएको हुँदा त्यहीअनुसार बोलेको हुँ,’ उनले भने ‘पछिल्लो समय पेशी स्थगित गर्ने कानुन व्यवसायीको पत्र नै बाहिर आएको छ । त्यो हेर्दा ७ गते त्यही निवेदनअनुसार अन्तरिम आदेश खारेज हुँदैन् ।’

७ कार्तिकमा पेशी स्थगित गर्न निवेदन दिएका अधिवक्ता नारायणप्रसाद खनालले आफू बीएण्डसीको विपक्षीबाट वकालत गरिरहेको बताए । ‘म मेडिकल काउन्सिलको तर्फबाट बीएण्डसीको विपक्षमा वकालत गरिरहेको छु,’ उनले भने, ‘म कोभिड भएका कारण वकालत गर्न नसकेपछि पिसिआर रिपोर्टसहित निवेदन दिएको थिए ।’

उनले बेबसाइटमा भएका सामान्य त्रुटीलाई लिएर यत्रो बखेडा झिक्नु काम नपाएकाहरुले होहल्ला गरेर रमाइलो लिइरहेको आफ्नो बुझाइ भएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ