२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहुम्लाको सायाँ स्वास्थ्य चौकीमा सिटामोलसमेत अभाव

हुम्लाको सायाँ स्वास्थ्य चौकीमा सिटामोलसमेत अभाव


जुम्ला – कर्णाली प्रदेशको हिमाली दुर्गम जिल्ला हुम्लाका स्वास्थ्य चौकीमा सिटामोलसमेत अभाव भएको छ । यहाँको सर्केगार्ड गाउँपालिकाको केन्द्रमा रहेको सायाँ स्वास्थ्य चौकीमा सिटामोलसमेत अभाव भएको हो ।

दैनिक २० देखि २५ जनासम्म रुघाखोकी र ज्वरोका बिरामी आउने गरेको सायाँ स्वास्थ्य चौकीमा सिटामोलसमेत अभाव भएको छ ।
स्वास्थ्यचौकीमा सामान्य सिटामोलसमेत नहुँदा बिरामीहरू खाली हात घर फर्किन बाध्य भएका छन् ।

गाउँपालिका केन्द्रकै स्वास्थ्य चौकी भएकाले सम्पूर्ण वडाबाट बिरामी आउने गरेको सायाँ स्वास्थ्यचौकी सर्केगार्डले जनाएको छ । रुघाखोकी, टाउको दुख्ने, शरीर दुख्नेलगायतका बिरामी स्वास्थ्यचौकीमा आउने गरेको सायाँ स्वास्थ्यचौकीमा प्रमुख किरण बुढाथोकीले बताए ।

उनले भने, ‘गाउँपालिकाले भर्खरै औषधि खरिद गरेको भन्ने सुनिएको हो तर स्वास्थ्य चौकीमा सिटामोलसमेत अभाव छ, कति औषधि खरिद गर्याे के गर्याे  केहि थाँहा छैन ।’

अन्य बिरामीका लागि औषधि अलिअलि भएको र चाहिने मात्रामा औषधि नभएको स्वास्थ्य प्रमुख बुढाथोकीको भनाइ छ । ‘औषधि अभाव हुँदा गाउँपालिकाबाट माग गर्छौँ । अहिले गाउँपालिकामा पनि औषधि पर्याप्त मात्रामा छैन भन्नुहुन्छ,’ उनले भने ।

सर्केगार्ड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीका अनुसार २५ लाखको औषधि खरिदमा पहिल्यै टेन्डर भइसकेको थियो । सामान्य रूपमा गाउँपालिका सबै स्वास्थ्य संस्थामा हल्का हल्का औषधि भएको बताए ।

गाउँपालिकाको स्टोरमा थोरै औषधि छ । सिटामोल अभाव भएको उनले स्वीकार गरे । हामी अब चाडैँ व्यवस्थापन गर्नेछौँ । उनले भने,’ हुम्लामा अहिलेसम्म मोटर माटो पुगेको छैन । लगायतको बर्षाले हवाई मार्ग पनि अवरुद्ध छ । औषधि ढुवानीमा पनि समस्या भइरहेको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ