२०८२ असार १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनागरिकको स्वास्थ्य सुरक्षा पहिलो काम, छिट्टै चमत्कारिक सफलता प्राप्त हुनेछ : स्वास्थ्यमन्त्री श्रेष्ठ

नागरिकको स्वास्थ्य सुरक्षा पहिलो काम, छिट्टै चमत्कारिक सफलता प्राप्त हुनेछ : स्वास्थ्यमन्त्री श्रेष्ठ


काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाली जनताको स्वास्थ्य र सुरक्षा अहिलेको मुख्य कार्यभार भएको बताएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदबहालीपछि संवाददाताहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले नागरिकको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य मन्त्रालयको टिम एकजुट भएर लाग्ने बताए ।

‘अहिलेको प्रमुख समस्या कोभिड—१९ हो । नागरिकको जीवन सुरक्षा गर्न सरकार प्रतिवद्ध छ,’ मन्त्री श्रेष्ठले भने, ‘नागरिकको जीवन सुरक्षाका लागि हामी प्रतिवद्ध छौं ।’

उनले केही समयमै कोभिड—१९ विरुद्धको लडाइमा चमत्कारिक सफलता हासिल हुने विश्वास समेत व्यक्त गरे । नेपालले १ करोड २० लाख जनसंख्यालाई पुग्ने गरी २ करोड ४० लाख डोज खोप खरिदको तयारी अन्तिम चरणमा पु¥याएका खबर बाहिरिइरहेका बेला मन्त्री श्रेष्ठले केही समयमै चमत्कारिक सफलता प्राप्त हुने भनेर खोप खरिद निष्कर्ष नजिक रहेको संकेत गरेका हुन् ।

‘भविष्यमा चमत्कारिक रुपमा अगाडि बढ्नेछौं,’ उनले भने, ‘विगत कठिन थियो । वर्तमान चुनौतीपूर्ण छ । चुनौतीसँग भागिदैन सामना गरेर अगाडि बढिन्छ । चाडै चमत्कारिक सफलता प्राप्त हुनेछ ।’

मन्त्री श्रेष्ठले मन्त्रालयले कोभिड—१९ सम्भावित तेस्रो लहरको अहिले नै तयारी सुरु गरिएको उल्लेख गर्दै त्यसका लागि काम अगाडि बढाइएको बताए । उनले तेस्रो लहरमा बालबालिकालाई बढी जोखिम हुने आँकलनसहित तयारी अगाडि बढाइएको बताए ।


मन्त्री श्रेष्ठले के भने थप भिडियो सुन्नुहोस


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ