२०८३ कात्तिक ४, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ आन्दोलनकारीले विपी प्रतिष्ठानका पदाधिकारीको गाडीको चाबी खोसे, भोलिदेखि रिले अनशन थाल्ने

आन्दोलनकारीले विपी प्रतिष्ठानका पदाधिकारीको गाडीको चाबी खोसे, भोलिदेखि रिले अनशन थाल्ने


विराटनगर-सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले प्रतिष्ठानका सबै पदाधिकारीको गाडीको चाबी खोसेका छन् । आइतबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीले पूर्णतः वेवास्ता गरेको भन्दै आन्दोलनकारीले उनीहरुको गाडीको चाबी खोसेका हुन् ।

यसक्रममा अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह, रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मी, शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालको गाडीको चाबी खोसिएको आन्दोलनकारी विद्यार्थी डा. अमृत जैसीले जानकारी दिए । उपकुलपति गिरी चाहिँ धरानमा आन्दोलन सुरु हुने बित्तिकैदेखि काठमाडौं गएर बसेका छन् ।

आइतबार आन्दोलनकारीले प्रतिष्ठान परिसरमा शक्ति प्रदर्शन गर्दै पदाधिकारीहरुको जवाफदेहिताहीन कार्यशैलीको आलोचना पनि गरेका थिए । आजको प्रदर्शनमा प्रतिष्ठानका विभागीय प्रमुखहरु पनि सहभागी भएका थिए । आन्दोलनकारीहरुले सोमबारदेखि रिले अनशन थाल्ने घोषणा पनि गरेका छन् ।

प्रतिष्ठानभित्रको बेथितिबारे लेख्दै बोल्दै आएका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपतिले स्पष्टीकरण सोधेपछि त्यसको विरोधमा आन्दोलन सुरु भएको थियो । आन्दोलन अहिले प्रतिष्ठानको समग्र सु्धारको मुद्दामा सोझिएको छ । प्रतिष्ठानभित्रका अनियमितता तथा पदाधिकारीहरुको मनपरीविरुद्ध संयुक्त संघर्ष समिति बनाएर आन्दोलन चलेको १३ दिन भएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ