२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचुम्बन गरेर कोभिड—१९ सुरक्षा मापदण्ड तोडेपछि बेलायतका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

चुम्बन गरेर कोभिड—१९ सुरक्षा मापदण्ड तोडेपछि बेलायतका स्वास्थ्यमन्त्रीले दिए राजीनामा


बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानकोकले पदबाट राजीनामा दिएका छन्। कोभिड—१९को सुरक्षा मापदण्ड ध्यानमा नराखि आफ्नो सहयोगी महिलालाई चुम्बन गरेको भन्दै चौतर्फी दबाव आएपछि उनले स्वास्थ्यमन्त्रीको पदबाट राजीनामा दिएका हुन्।

ह्यानकोकले पनि कोभिड नियम तोडेर चुम्बन लिएको कुरा स्वीकारेका छन्। उनले  ब्रिटेनका प्रधानमन्त्री जोनसनलाई लेखेको पत्रमा भनेका छन्, ‘सरकार ती मानिसको ऋणी छ जसले महामारीमा धेरै कुरा गुमाएका छन्। घरबाट बाहिर रहँदा सामाजिक दुरी पालना गर्ने सरकारी नियमलाई उल्लघन भएको हुँदा माफी माग्न चाहान्छु।’

राजीनामा पछि उनले सामाजिक संजाल ट्वीटरमा सार्वजनिक एक भिडियोमा भनेका छन्, ‘म बुझ्न सक्छु कि देशमा सबैले केहि न केहि कोभिड-१९ महामारीबाट गुमाएका छन्। हामी जो आफै नियम बनाउछौं त्यसलाई पालना गर्नुपर्छ। यसकारण मैले राजीनामा दिएको हु।’

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ