२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप, सार्वजनिक सवारी जोर-विजोरमा चल्न दिइने

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप, सार्वजनिक सवारी जोर-विजोरमा चल्न दिइने


काठमाडौं—काठमाडौं उपत्यकामा कोभिड-१९ को संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञा  केही खुकुलो बनाउँदैं एक साता लम्बाइएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन जोर—विजोर प्रणालीमा चल्न दिने निर्णय गरेका छन् ।

सार्वजनिक सवारी साधनहरु विहान ६ बजेदेखि साँझ ७ बजेसम्म चल्न पाउनेछन् । तर, सार्वजनिक यातायातमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ भने सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन् ।

निजी सवारी साधनमा भने जोर—विजोर प्रणाली कायमै राखिएको छ भने ट्याक्सीमा तीन जनाभन्दा बढी बोक्न पाइने छैन ।

यस्तै, जनस्वास्थ्यका मापदण्ड पालना गरेर उधोगधन्दा र कलकारखाना सञ्चालन गर्न पाइनेछ । भाषा परीक्षाहरु जिल्ला प्रशासन कार्यलयको स्वीकृती लिएर सञ्चालन गर्न पाइनेछ ।

विवाहमा दुई वटा गाडी प्रयोग गर्न पाइनेछ भने १५ जनासम्म सहभागी भएर सम्पन्न गर्नुपर्नेछ ।

यो निषेधाज्ञा १५ जेठबाट २१ जेठसम्म लागु हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ