२०८० मंसीर १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १० दिनका लागि निषेधाज्ञा थप, उपत्यकामा सवारी साधनमाथिको प्रतिबन्ध हटाइयो

थप १० दिनका लागि निषेधाज्ञा थप, उपत्यकामा सवारी साधनमाथिको प्रतिबन्ध हटाइयो


काठमाडौं – कोभिड-१९ महामारीलाई नियन्त्रण गर्न काठमाडौँ उपत्यकाभित्र सार्वजनिक यातायातमाथि लगाएको जोर बिजोर प्रणाली हटाइएको छ। आइतबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले सार्वजनिक यातायातमा लगाइएको जोर बिजोर प्रणाली हटाएको हो।

तर, काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भने थप १० दिनका लागि लम्बाइएको छ।

बैठकअनुसार सार्वजनिक सवारी साधन स्वास्थ्य मापदण्डलाई पालना गरेर मात्रै चलाउन दिइनेछ। सवारीसाधन चलाउँदा मास्क अनिवार्य गर्नुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने र दैनिक सवारी साधनलाई निसंक्रमित गर्नुपर्नेछ ।

यस्तै, काठमाडौं उपत्यकाभित्र प्रवेश गर्नेहरूले भने सम्बन्धित जिल्लाबाट जारी भएको प्रवेश अनुमति पत्र लिएर मात्र आउन पाउने निर्णय भएको छ। सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने निर्णय जिल्ला प्रशासनले गरेको छ ।

यस्तै, सभा सम्मेलन, शैक्षिक संस्था, भिडभाड हुने क्षेत्रहरु पार्टी प्यालेस, सिनेमा हल, दर्शकसहितका खेलकुद गतिविधिहरुमा लगाइएको प्रतिबन्धलाई जारी राखिएको छ ।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ