२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकै पटक शिलान्यास गरिएका १५६ अस्पतालले प्रगति रिपोर्ट बुझाएनन्, ८४ निर्माणको क्रममा

एकै पटक शिलान्यास गरिएका १५६ अस्पतालले प्रगति रिपोर्ट बुझाएनन्, ८४ निर्माणको क्रममा


काठमाडौं—अघिल्लो सरकारले ‘एक पालिका, एक अस्पताल’ महत्वकांक्षी योजनाका साथ गत १५ मंसिरमा एकै पटक देशभर ३ सय ९ अस्पताल बनाउने भन्दै एकैपटक शिलान्यास गरेको थियो । शिलान्यास गरेका ६ महिनाको अवधिमा जम्मा ८२ वटा अस्पतालको मात्र ठेक्का सम्झौता भएको छ ।

२ असारसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संकलन गरेको तथ्यांकअनुसार १ सय ५३ वटा पालिकाले अस्पताल निर्माण प्रत्रियाबारे जानकारी गराएका थिए । ती १ सय ५३ पालिकाले डिपिआर तयार भइसकेको जानकारी दिएका थिए ।

त्यसैगरी १ सय ४७ वटाले टेन्डरसमेत गरिसकेको जानकारी स्वास्थ्य मन्त्रालयलाई दिएका छन् । १ सय ४७ मध्ये ८२ वटा अस्पतालको ठेक्का सम्झौता भइसकेको जानकारी मन्त्रालयमा आएको छ ।

ठेक्का सम्झौता भएकामा प्रदेश १ मा १६ वटा, प्रदेश २ मा ६ वटा, बागमती प्रदेशमा ११ वटा, गण्डकीमा ११ वटा रहेका छन् । यस्तै, लुम्बिनीमा १५ वटा, कर्णालीमा ९ वटा र सुदूरपश्चिममा १४ वटा स्थानीय तहले अस्पताल निर्माणको ठेक्का सम्झौता गरिसकेका छन् ।

त्यसैगरी, प्रदेश १ मा २७ वटा, प्रदेश २ मा १८ वटा, बागमतीमा १७ वटा, गण्डकीमा २१ वटा, लुम्बिनीमा २२ वटा, कर्णालीमा १७ र सुदूरपश्चिममा २५ वटा पालिकाले अस्पताल निर्माणका लागि टेन्डर आव्हान गरिसकेका थिए । तर, तिनीहरुको टेन्डर प्रक्रिया पूरा भए नभएको मन्त्रालयमा रिपोर्टिङ भएको छैन् ।

मन्त्रालयमा रिपोर्टिङ गरेकामध्ये राजदेवी नगरपालिका रौतहट, महाभारत गाउँपालिका काभ्रे, पञ्चेश्वर गाउँपालिका बैतडीले जग्गा विवाद भएको जनाएका छन् भने डोल्पाबुद्ध गाउँपालिका डोल्पाले जग्गा प्राप्त नभएको जानकारी गराएका थिए । मन्त्रालय स्रोतकाअनुसार बाँकी १५६ वटा पालिकाहरुले भने अस्पतालको निर्माणको प्रगतिबारे जानकारी दिएका छैनन् ।

त्यतिबेला चार वर्षको तयारीमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १५ मंसिरमा ३०९ स्थानीय तहमा ५ देखि १५ शैय्याका आधारभूत अस्पतालको एकसाथ शिलान्यास गरेका थिए । सरकारले ३९६ स्थानीय तहमा अस्पताल बनाउनका लागि ५७ अर्ब ९७ करोड बजेटको स्रोत सुनिश्चित गरिएको थियो ।

सरकारले शिलान्याससँगै काम सुरु गर्नका लागि ५ बेडको अस्पतालका लागि ७५ लाख, १० बेडको अस्पतालका लागि ८५ लाख र १५ बेडको अस्पतालको लागि १ करोड निकासा दिएको थियो । त्यो सँगै टेन्डर आव्हान गरी काम सुरु गर्ने पालिकाहरुलाई अपुग पैसा पनि सरकारले थप गरिदिएको थियो ।

पालिकाहरुमा बन्ने अस्पतालको २ असारसम्मको प्रगति विवरण


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ