२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १हस्पिटल आएका बिरामीलाई यसरी पुर्‍याउँछन् बिचौलियाले क्लिनिक

हस्पिटल आएका बिरामीलाई यसरी पुर्‍याउँछन् बिचौलियाले क्लिनिक

क्लिनिकले खटाउँछन् ३ देखि ५ जनासम्म बिचौलिया


विराटनगर—प्रदेश १ को राजधानी विराटनगरमा रहेका ठूला हस्पिटल भित्र र बाहिर बिचौलियाको बिगबिगी रहेको पाइएको छ । ठूला हस्पिटल जान लागेका बिरामीलाई बीचमै विभिन्न आश्वासन देखाएर कमिसन पाउने लोभमा क्लनिक र अस्पतालमा लैजाने दुई जना बिचौलियालाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको छ ।

प्रहरीले अस्पताल अगाडि बसेर बिरामीलाई विभिन्न आश्वासन देखाउँदै क्लिनिक लिन भूमिका खेल्ने विराटनगर–८ अमरटोलका १८ वर्षीय प्रधुम्न राय र सोही ठाउँका २३ वर्षीय आनन्दकुमार साहलाइ पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका बिचौलियाले विराटनगरमा रहेका ठूला अस्पतालहरुमा आएका बिरामीलाई अन्यन्त्र अस्पताल र क्लिनक लैजान खोज्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।

‘पक्राउ परेका बिचौलियाले अस्पताल आएका बिरामी र आफन्तलाई यो अस्पताल राम्रो छैन । यहाँ कोभिड फैलिएको छ । राम्रो चिकित्सक अन्यन्त्र रहेको भन्दै क्लिनिकमा लैजान खोज्दा प्रहरीले पक्राउ गरेको हो,’ प्रवक्ता डिएपी श्रेष्ठले भने, ‘यो गिरोहले कति बिरामीलाई ठगी गरेर क्लिनिक र सेटिङ रहेका अस्पताल लग्ने रहेछ । अन्य थप विषय अनुसन्धानपछि प्रष्ट हुनेछ ।’

३ देखि ५ जनासम्म खटाइन्छ, यसरी लिन्छन् कमिसन

पक्राउ परेका बिचौलियाले विभिन्न अफवाह फैलाई बिरामी तथा आफन्तहरूलाई झुक्याएर आफ्नो सम्पर्कमा भएको अस्पताल र क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न पनि बाध्य गराउने गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताए ।

‘विराटनगरको विभिन्न अस्पताल अगाडि बसेका बिचौलियाले बिरामी र सर्वसाधारण नागरिकलाई दुःख दिएर हैरानी दिने गरेको उजुरी आएपछि हामीले पक्राउ गरेका हौ,’ डिएसपी श्रेष्ठले भने । पछिल्लो समय सरकारी अस्पताल कोशीमा विरामीको धेरै आउने भएकोले बिचौलियाहरु अस्पतालको गेट अगाडि बस्ने गर्दछन् ।

गेट अगाडि र भित्र पसेर बिचौलियाले विभिन्न अपवाह फैलाएर बिरामीलाई कमिसन आउने निजी अस्पताल र क्लिनिकमा लैजाने गरेका छन् । बिचौलियाले सम्र्पकमा आएका बिरामी उनले सम्पर्क गरेको अस्पताल र क्लिनिकमा पु¥याउँदा निश्चित रकम तोकिदिएको हुन्छ । स्रोतले दिएको जानकारी अनुसार एक जना बिरामीलाई सम्पर्कमा रहेको क्लिनिक र अस्पताल पु¥याउँदा बिचौलियाले ३ सयदेखि ५ सय रुपैयाँसम्म दिने गर्दछन् ।

जति बढी बिरामीले औषधी, ल्याबमा परीक्षण गरे । त्यहीअनुसार बिरामीबाट असुल भएको रकम हेरेर पनि बिचौलियालाई पैसा दिने गरेको स्वास्थ्य क्षेत्रका नाम नबताउने सर्तमा एक जनाले बताए । ‘बिचौलियाले हस्पिटल चोक र रंगेली लाइनमा रहेका निजी क्लिनिकहरुसँग कतिसम्म सम्झौता गरेका हुन्छन् भने एक जना बिरामीबाट २० हजारभन्दा बढीको बिल भयो भने निश्चित रकम लिनुपर्ने सर्त राखेका हुन्छन्,’ स्रोतले भन्यो, ‘बिरामीको २० हजारको बिल भयो भने बिचौलियालाई ३ देखि ५ हजार रुपैयाँसम्म दिनुपर्दछ ।’

यसरी सबैभन्दा बढी बिचौलिया हस्पिटल चोक, गोल्डेन अस्पताल अगाडि, न्यूरो चोकमा हुने गर्दछन् । हस्पिटल चोकमा च्याउसरी खुलेको निजी क्लिनिकहरुले ३ देखि ५ जनासम्म दैनिक बिचौलिया खटाउने गरेका छन् । बिचौलियाहरु शनिमन्दिर चोकमा समेत बस्ने गर्दछन् । तराईको विभिन्न क्षेत्र र पहाडि जिल्लाबाट आएका बिरामी शनिमन्दिरमा सार्वजनिक यातायातबाट उत्रिएपछि बिचौलियाले खोज्न थाल्छन्, ‘हस्पिटल जानुहुन्छ । यो क्लिनिक र यो अस्पतालमा राम्रो उपचार हुन्छ । राम्रो चिकित्सक छन् । यहाँ जानुभयो भने धेरै राम्रो उपचार हुन्छ,’ बिचौलियाहरुले विरामीसँग गर्ने यी संवाद हुन् ।

विराटनगरको हस्पिटल चोकमा रहेको केही क्लिनिकहरुले धेरै बिचौलिया राख्ने गरेको स्रोतले जानकारी दिएको छ । ‘अस्पताल आएका बिरामी, आफन्त र सर्वसाधरण बिचौलियादेखि हैरानीमा परेको भए मोरङ प्रहरीको सम्पर्क आउन पनि डिएसपी श्रेष्ठले आग्रह गरे जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ