२०८१ असोज २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधीको गुणस्तरमा सम्झौता हुनै सक्दैनः पुर्व स्वास्थ्य मन्त्री अधिकारी

औषधीको गुणस्तरमा सम्झौता हुनै सक्दैनः पुर्व स्वास्थ्य मन्त्री अधिकारी


काठमाडाै- पुर्व स्वास्थ्य मन्त्री एवं नेकपा एमालेका स्वास्थ्य विभाग प्रमुख खगराज अधिकारीले स्वास्थ्य सेवा र औषधीको गुणस्तरमा सम्झौता हुनै नसक्ने बताएका छन् ।

विश्व फार्मेसी दिवसको अवसरमा राष्ट्रिय फर्मेसी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै पुर्व मन्त्री अधिकारीले औषधीको गुणस्तरमा कुनै पनि सम्झौता नगरी स्तरीय सेवाले मात्र युनिर्भसल हेल्थ कभरेजको अनुरूपकाे सेवा प्रबाह गर्न सकिने बताए । ‘हामीले युनिर्भर्षल हेल्थ कभरेज अनुसार सेवा दिनुपर्छ ।’ उनले भने ‘त्यसकोलागि गुणस्तरीयतामा सम्झौता गर्न हुदैन ।’

मन्त्री अधिकारीले स्वास्थ्य क्षेत्रमा धेरै राम्रा नियम कानुन भएतापनि सहि तरीकाले कार्यन्वयन हुन नसक्दा समस्या भएको बताए । आफु स्वास्थ्य मन्त्री हुदा धेरै राम्रा कानुन ल्याएतापनि आफु पछिका मन्त्रीहरुले कार्यन्वयन नगरेको आरोप लगाए ।

‘हामीले अस्पताल सम्बन्धी निर्देशीका ल्याएर त्यहीवेला २५ वेड माथिका अस्पतालमा अक्सिजन प्लान्ट अनिवार्य हुनुपर्छ भनेर लेखेका थियौ ।’ उनले भने ‘निर्देशिका त ल्याइयो त्यसपछिका मन्त्रीहरुले वास्ता नगर्दा कोभिड महामारीमा अक्सिजनको हाहाकार भयो।’ सरकारले ल्याएको सो नियम समयमा कार्यान्वयन भएको भए कोभिडको समयमा यतिधेरै को ज्यान नजाने दावी गरे ।

उनले अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने, डाक्टरले जेनरिक नाम लेख्नुपर्ने, फार्मेसीमा फार्मासिस्ट अनिवार्य रुपमा बस्नुपर्ने जस्ता कानुन आफ्नो पालामा आएको बताउदै ति कानुन पुर्ण रुपमा कार्यन्वयन नभएकोमा उनले चिन्ता व्यक्ति गरे । मन्त्री अधिकारीले आफूले स्वास्थ्य मन्त्रालय सम्हाल्दा औषधि र स्वास्थ्य क्षेत्रमा धेरै नै काम गरेको भन्दै त्यसपछिका मन्त्रीहरु झिल्केकुरामा समय व्यथित गर्दै बसेको आरोप लगाए ।

नेपाल फार्मेसी परिषद्का अध्यक्ष प्रज्वल जंग पाण्डेले नक्कली प्रमाणपत्र राखेर औषधी वेच्नेहरुलाई कार्वाहीको दयरामा लिन थालिएको बताए । त्यस्तै मान्छे अमेरीकामा भएर नेपालमा लाइसेन्स भाडामा लगाउनेहरुको लाइसेन्स पनि खारेजी गर्न सुरु गरीएको कार्यक्रममा जानकारी दिएका थिए । परिषदले आफ्ना कामहरु डिजिटल सिस्टममा सुरु गरेको कारण अव धेरै काम गर्न सेवाग्राहिले कार्यलयमै धाउनुपर्ने बाध्यता हट्दै गएको उनको दावी थियो ।

परिषदले पहिलोपटक विरामीलाई चिकित्सकले लेखेको औषधीको अडिट पनि गरेको र त्यसको रिर्पाेट मन्त्रालयलाई बुझाउने अन्तिम तयारीमा पुगेको उनले बताए । सन् २०३० सम्मा नेपालको औषधी क्षेत्रले ठूलो पड्को मार्ने समेत उनले दावी गरे ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले स्वास्थ्य क्षेत्र र त्यस भित्रको औषधि क्षेत्रमा कानूनहरु आपसमा बाझिएको भन्दै पहिले त्यसलाई सम्हेल्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । उनले औषधिको मूल्य, न्युट्रासिटिकल्स प्रडक्ट, भाडाका लाइसेन्स आदि फार्मेसी क्षेत्रका समस्या भएको चर्चा गरे । उनले इन्टर काउन्सिलको अवधारणा समेत अघि सारे ।

नेपाल औषधि लिमिडेटका महाप्रवन्धक मोहमद सफिउल्लाह, औषधि व्यवस्था विभागका किरण बज्राचार्यले नेपालको औषधि क्षेत्रमा भएका काम र हुन नसकेका कामहरुको बारेमा प्रस्तुतिकरण दिएका थिए ।

त्यसैगरी नेपाल नर्सिङ काउन्सिलका रजिष्ट्रार विन्दा घिमिरे, राष्ट्रिय फार्मेसी संघ केन्द्रीय अध्यक्ष क्षितिज गर्तौला, नेपाल फार्मेसी काउन्सिलका सदस्य नीरज बर्तौला लगायतले आफ्ना धारणा राखेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ