२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. यादव, डा. तिकंरी र डा. लोहनी प्रमुख विशेषज्ञमा बढुवा

डा. यादव, डा. तिकंरी र डा. लोहनी प्रमुख विशेषज्ञमा बढुवा


काठमाडौं—सरकारले स्वास्थ्य सेवातर्फ रिक्त रहेका तीन जना प्रमुख विशेषज्ञ (१२ औं तह)मा डा. श्यामसुन्दर यादव, डा. भीमसिंह तिंकरी र डा. गुणराज लोहनीलाई बढुवा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बिहिबारको मन्त्रिपरिषद बैठकले प्रमुख विशेषज्ञमा डा. यादव, डा. तिकंरी र डा. लोहनीलाई बढुवा गरेको हेल्थआवाजलाई जानकारी दिए ।

यसअघि लोकसेवा आयोगका सदस्य सम्मिलित सिफारिस समितिले डा. यादव, डा. लोहनी र डा. तिकंरीसहित डा. श्रीकृष्ण श्रेष्ठ र डा. संगीता मिश्रको नाम बढुवाका लागि सिफारिस गरेको थियो । उक्त सिफारिसमध्येबाट क्याबिनेटले डा. यादव, डा. लोहनी र डा. तिकंरीलाई प्रमुख विशेषज्ञमा बढुवा गरेको हो ।

डा. यादव भेरी अस्पतालमा कार्यरत छन्, उनी पहिलो नम्बरमा बढुवाका लागि सिफारिस भएका थिए । यस्तै, स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा प्रमुख रहेका डा. तिकंरी दोस्रो नम्बर र पाँचौ नम्बरमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी बढुवाका लागि सिफारिस भएका थिए ।

स्वास्थ्य सेवातर्फ १२ औं तहको ४ दरबन्दी रहेको छ । जसमा स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा। दीपेन्द्ररमण सिंह छन् । स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञको दुई वटा दरबन्दी खाली थियो भने वीर अस्पतालमा पनि १२ तहको प्रमुख विशेषज्ञ रहने व्यवस्था छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ