२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बलात्कारमा परेकी ४ वर्षीया नाबालिका कोशी अस्पतालमा जीवन–मरणको दोसाँधमा

बलात्कारमा परेकी ४ वर्षीया नाबालिका कोशी अस्पतालमा जीवन–मरणको दोसाँधमा


विराटनगर – बलात्कारको शिकार बनेकी मोरङ कटहरी गाउँपालिकाकी ४ वर्षीया नाबालिका यतिबेला विराटनगरस्थित कोशी अस्पतालको उपचार कक्षमा गम्भीर अवस्थामा छिन् । बलात्कारको शिकारमा परेकी नाबालक बालिका यतिबेला जीवन मरणको दोसाँधमा अस्पतालको शैय्यामा छटपटाइ रहेकी छिन् ।

अभिभावक नभएका बेला घरको आँगनमै खेलिरहेकी नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतको अररीया घर भइ कटहरीमा बस्दै आएका २४ वर्षीया मुकेश सरदारलाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका सरकारले घरमा खेल्दै गरेको बालिकालाई कटहरी ७ मा रहेको लोहन्द्रा खोलामा लगेर शनिबार राती ८ बजे जबरजस्ती करणाी गरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार श्रमिक काम गर्ने सरदार शनिबार साइकलमा ढुल्दै ती बालिकाको घरतिर आएका थिए । बालिकाका बावुआमा खेती किसान गर्दछन् । अहिले धान थन्काउने सिजन भएकोले उनीहरू मेलापातमा गएका थिए । ‘त्यसदिन घरमा ती बालिका एक्लै थिइन् । कोही नभएको मौक्का छोपेर सरदार आएर बालिकालाई साइकलमा हालेर घरदेखि करिब ७ सय मिटर नजिक रहेको लोहन्द्रा खोलामा लगेर जवरजस्ती करणी गरेछन् । त्यसपछि बालीकालाई ढुङ्गा प्रहार गरेका रहेछन् ।

घरमा छोरी नभटेपछि हामी खोज्दै लोहन्द्र खोलामा पुग्दा अर्धनग्न अवस्थामा छोरी अचेत अवस्थामा थिइन,’ ती बालिकाका आफन्तले भने, ‘यौनिदेखि रगत बगेको थियो । अनुहार र शरिरभरी चोटपट लागेको छ ।’ पीडित ती बालिकाको उपचार अहिले कोशी अस्पतालमा भइरहेको छ । बालिकाको अवस्था चिन्ताजनक छ । उनी रुने कराउने, चिच्याउने र घरीघरी बेहोस हुने गर्छिन् । ढुङगाले हानेको चोट गालामा लागेको छ । उनको जीउ भरी निलडामहरु छन् । वलत्कृत वालिकाको आर्थिक अवस्था ज्यादै नाजुक भएकोले औषधी उपचार गर्न समेत नसकेको पीडितकी आफन्तले बताएका छन् ।

बालिकालाई बलात्कार गर्ने अभियुक्तलाई शनिबार राती नै प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी श्रेष्ठले जानकारी दिए । आइतबार मोरङ अदालतमा जवरजस्ती करणाी मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ