२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ लाई कुपोषणमुक्त प्रदेश बनाइने, पाँचथरमा पाइलट परियोजना सुरु हुने

प्रदेश १ लाई कुपोषणमुक्त प्रदेश बनाइने, पाँचथरमा पाइलट परियोजना सुरु हुने


विराटनगर– प्रदेश १ लाई कुपोषणमुक्त प्रदेश बनाउने तयारी सुरु गरिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले कुपोषणमुक्त प्रदेशका लागि तयारी सुरु गरेको निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

विराटनगरमा सम्पन्न प्रदेशस्तरीय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी गोष्ठीमा कुपोषणमुक्त प्रदेश बनाउने अभियानलाई तीव्रता दिनका लागि कार्ययोजना बनाउने निर्णय भएको निर्देशन बस्नेतले बताए ।

उनका अनुसार पाँचथरमा पाइलट परियोजना सुरु गर्ने तयारी गरिएको छ । युनिसेफ र एनट्यागसँगको सहकार्यमा बच्चाको पाखुरा नाप्ने, बच्चा जोख्ने, पैरवी, लेखाजोखा लगायतका कार्यक्रम गरिने बस्नेतले बताए । कुपोषणमुक्त प्रदेशका लागि आवश्यक जनशक्ति अभाव भएको उनले बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको प्रबन्ध गर्ने प्रतिबद्धता जनाए । उनले बजेटअनुसार स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुलाई प्राथमिकता दिइने बताए । स्वस्थ रहनका लागि आफ्नो व्यवहारमा परिवर्तन आवश्यक रहेकोमा मन्त्री यादवले जोड दिए ।

समीक्षा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरु, स्थानीय तहका प्रतिनिधि, सुआहारा, डब्ल्युएफपी, एमएसएनपी, पोषण पुनःस्थापना गृहका प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो । गत कात्तिकमा सम्पन्न प्रदेश स्तरीय समीक्षा गोष्ठीमा कुपोषणमुक्त प्रदेश बनाउने संकल्प प्रस्ताव पारित गरिएको थियो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ