भारतले थप दुई नयाँ खोप र चक्की प्रयोगका लागि अनुमति दिएको छ । भारतले विकास गरेको दुई नयाँ खोप नोभाभ्याक्सको कोभोभ्याक्स र कोर्भीभ्याक्सलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।
कोर्भीभ्याक्सलाई भारतको वायोलोजिकल इ लिमिटेडले विकसित गरेको हो । सो नयाँ दुई खोप बुस्टर डोजको रुपमा प्रयोग गरिने बताइएको छ ।
त्यस्तै, कोभिडविरुद्ध खाने चक्की एन्टिभाइरल औषधि मोल्नुपिराभिरलाई पनि प्रयोगका लागि अनुमति मिलेको छ ।
भारतले यसअघि कोभिशिल्ड, कोभ्याक्सिन, जाइकोभ–डी, रसियाको स्पतुनिक भी, अमेरिकामा विकसित गरिएको मोडेर्ना र जोनसोन एन्ड जोनसोनलाई भारतको औषधी नियामक निकाय इमर्जेन्सी युज अथराइजेसन (इयुए)ले अनुमोदन गरेको थियो ।
कोर्भीभ्याक्स भ्याक्सिन कस्तो काम गर्छ ?
यो खोप बनाउनका लागि कोरोना भाइरस (SARS-CoV-2) मा रहेको स्पाइक प्रोटिनका चयन गरिएका टुक्राहरू प्रयोग गरिएको छ। कोरोनाभाइरसमा पाइने यो स्पाइक प्रोटिनले मानिसको शरीरमा रहेका कोषिकाहरूमा भाइरस सार्न मद्दत गर्छ। त्यसपछि भाइरस आफैं बढ्छ र रोग निम्त्याउँछ।
वैज्ञानिकहरुका अनुसार भाइरसको यो स्पाइक प्रोटिनलाई मानव शरीरमा छुट्टाछुट्टै राख्दा यो कम हानिकारक हुन्छ, किनकि भाइरस पूर्ण रुपमा गायब हुन्छ । भ्याक्सिन मार्फत मानव शरीरमा पठाउनुको फाइदा भनेको यसले प्रतिरक्षा प्रणालीले स्पाइक प्रोटिनलाई पहिचान गर्छ जसले भाइरसलाई फैलाउन मद्दत गर्दछ र यसको विरुद्ध एन्टिबडीहरू उत्पादन गर्दछ।
प्रतिरक्षा प्रणालीले भाइरस फैलाउने प्रोटिनलाई नष्ट गर्दछ। अनुसन्धानका अनुसार यो प्रविधिबाट कोरोना संक्रमित वा मानिसलाई गम्भीर बिरामी बनाउन असफल साबित हुनेछ ।
-एजेन्सी