२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वनाकबाट भन्दा मुखबाट स्वाब लिनु १२ गुणा उपयुक्त : अध्ययन

नाकबाट भन्दा मुखबाट स्वाब लिनु १२ गुणा उपयुक्त : अध्ययन


कोभिड-१९ परीक्षणको नमूना नाकभन्दा बढी मुखबाट लिँदा राम्रो नतिजा आउने एक विज्ञले अध्ययनमा देखिएको दावी गरेका छन् । मुखबाट लिँदा भाइरसको छिटो पत्ता लाग्ने लिने युनिभर्सिटी अफ मेरील्याण्डका अनुसन्धानकर्ता डा. डोनाल्ड मिल्टनले केही अनुसन्धानका आधारमा दाबी गरेका हुन् ।

कोभिड-१९ भाइरस सबैभन्दा पहिले मुख र घाँटीमा देखा पर्ने उनको भनाइ छ ।

‘मुखबाट लिइएको कोभिड नमूना १२ गुणा राम्रो’

डा. मिल्टन र उनको टोलीले कोभिड परीक्षणको राम्रो विधि पहिचान गर्न अनुसन्धान गरे। जसका लागि लक्षण देखिनुअघि नै कोरोना संक्रमितको नाक र मुखबाट नमूना लिइएको थियो । अनुसन्धानका अनुसार नाकमाभन्दा मुखमा तीन गुणा बढी भाइरस भेटिएको थियो । साथै, मुखबाट लिइएको नमूनामा बढी कोभिडको पोजेटिभ नतिजा आएको थियो। जुन नाकभन्दा १२ गुणा बढी थियो।

डा. रोबी सिक्का भन्छन्,’ओमिक्रोनको लहरकोबीचमा हामीले कोरोना परीक्षणलाई अपडेट गर्न आवश्यक छ। यो भेरियन्ट डुप्लिकेट हुन्छ र शरीरमा धेरै छिटो फैलिन्छ। साथै, धेरैजसो केसहरूमा यसले कुनै लक्षणहरू उत्पन्न गर्दैन र यसले शरीरलाई छिट्टै छोड्छ। त्यसैले नाकको सट्टा बिरामीको र्‍याल परीक्षण गर्नुपर्छ ।’ केही विशेषज्ञहरूले यो पनि ओमिक्रोनले मुख र घाँटीमा छिटो गुणान हुने तर, अहिले नै यसको पुष्टि हुन नसकेको उल्लेख गरेका छन्।

हालैमा दक्षिण अफ्रिकामा गरिएको भर्खरको अनुसन्धानमा नाकबाट लिएको नमुनाबाट डेल्टा भेरियन्टहरू पत्ता लगाउन बढी उपयुक्त हुने देखाएको छ। विज्ञहरूका अनुसार ओमिक्रोन भेरियन्टको केसमा सबै कुरा उल्टो हुँदैछ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले हालै केही र्‍यालमा आधारित कोभिड-१९ परीक्षण किटहरू स्वीकृत गरेको छ। सो किट विद्यालयमा बालबालिकाको कोभिड परीक्षण गराउन उपयोगी हुन्छन्। तर, अझै पनि विश्वभरका सरकारहरूसँग यो परीक्षणका लागि राम्रो पूर्वाधार नभएको येल स्कूल अफ पब्लिक हेल्थको माइक्रोबायोलोजिष्ट ऐनी वायलीले बताएकी छिन्। ‘अहिले ओअनि धेरै देशहरु कोभिड परीक्षणको पुरानो विधिमै अड्किएको छ। समयसँगै प्रविधि बदल्नु जरुरी छ,’उनले भनिन्।

क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीले आफ्नो एउटा अनुसन्धानमा संक्रमण भएको केही दिनपछि नाकमा भाइरस बढी जम्मा हुने गरेको पत्ता लगाएको छ । यसको मतलब, सुरुको दिनहरूमा मुखमा भाइरस सजिलै पत्ता लगाउन सकिने भए पनि केही समयपछि नाक जाँच गर्नुपर्छ।

डा. जोसेफ डेरिसीका अनुसार मुखको वातावरण कहिल्यै एकनास हुँदैन। कहिले सुख्खा हुन्छ त कहिले भिजेको हुन्छ । कहिलेकाहीँ यो बढीअम्लीय हुन्छ र कहिलेकाहीँ यो सामान्य हुन्छ। जसकारण भाइरसको परीक्षण गर्न गाह्रो बनाउन सक्छ। नाकमा त्यस्तो कुनै परिवर्तन नभएकोले यहाँबाट नमूना निकाल्नु राम्रो हुन्छ।

एजेन्सी


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ