२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १दिव्य ज्योती अस्पतालमा जलविन्दुको उपचार सुरु

दिव्य ज्योती अस्पतालमा जलविन्दुको उपचार सुरु


विराटनगर – विराटनगर १४ – मलाय रोडस्थित दिव्य ज्योती अस्पतालमा ‘जलविन्दु’ उपचार सेवा सुरु भएको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गर्दै अत्याधुनिक सुविधा सम्पन्न उपकरणहरुबाट जलविन्दुको उपचार सेवा सुरु गरेको जानकारी गराएको हो ।

अस्पतालमा जलविन्दुको उपचार अस्पतालका आँखा रोग तथा जलविन्दु रोग विशेषज्ञ डा. प्रमोद शर्मा गौतम सहित आँखा रोग विशेषज्ञ डा. हरिस यादव र डा. उदयचन्द्र प्रकाशको टिमले उपचार गर्नेछन् ।

जलविन्दुको उपचारको लागि अस्पताल भित्र छुट्टै विभागमा एक करोडभन्दा बढी लगानी गरेको अस्पतालका अध्यक्ष कमलेशकुमार कर्णले जानकारी दिए । अस्पतालमा जल विन्दुको १२ जना बिरामीको शल्यक्रिया पनि सुरु गरेको अस्पतालका डा. गौतमलले जानकारी दिए ।

जलविन्दुको शल्यक्रिया लेजर मिसिनबाट हुने गरेको उनले बताए ।

पछिल्लो समय ४० वर्ष भन्दा माथि उमेरमा जल विन्दुको हुने भएकोले यस विषयमा सचेतना जोगाउनुपर्ने आँखा रोग तथा जल बिन्दु रोग विशेषज्ञ डा. शर्माले बताए । ‘४० वर्ष उमेर पुरा भएकाहरुमा अहिले एकदमै जलबिन्दु र मोतियाबिन्दुको भएको देखिएको छ,’ डा. शर्माले भने, ‘एक सय जनामा २ देखि ३ जनामा यो रोग देखा पर्ने गरेको छ । त्यसैले, आँखामा समस्याभए बेलैमाविरामी अस्पताल जानुपर्ने हुन्छ ।’

दिव्य ज्योतीमा अहिले दैनिक ओपीडिमा २ सय देखि २ सय ५० भन्दा बढी बिरामीले सेवा लिंदै  आएका छन् । विशेषज्ञ चिकित्सकहरुबाट दैनिक ३० देखि ५० जनासम्मविरामीको आँखातथानाक, कान, घाँटीको शल्यक्रिया हुने गरेको अस्पतालका निर्देशक देव यादवले बताए ।

तीनवर्ष अगाडी संचालनमा आएको अस्पतालमा २४ सैं घण्टा आकस्मिक सेवा, फिजिसियन सेवा, नाक, कान घाँटी तथाआँखाको उपचार हुँदै  आएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ