२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्यान्सर अब रोग मात्र रहेन, आकर्षक व्यवसाय पनि

क्यान्सर अब रोग मात्र रहेन, आकर्षक व्यवसाय पनि


क्यान्सर रोग एउटा ठूलो व्यवसाय बन्दैछ भन्दा धेरैलाई हासो उठ्ला, तर उपचारको सन्दर्भलाई हेर्दा पछिल्लो समयमा यसले एउटा आकर्षक व्यवसायको रुप लिएको छ । यसलाई पुष्टि गर्न सरोकारवालाहरुले विभिन्न प्रमाण समेत पेश गरेका छन् । अमेरिकाको योर न्युज वायरका अनुसार कम खर्चिलो, प्राकृतिक र वैकल्पिक उपचारको खोजी गर्ने हो भने स्वास्थ उपचार उद्योगबाट प्राप्त हुने राजस्वको मुख्य स्रोत नै ठप्प हुन्छ ।

क्यान्सर कसरी ठूलो व्यवसाय बन्दैछ भन्ने बारेमा एक पटक सोच्नुहोस त । अत्याधुनिक प्रविधि र आविष्कार हुनु भन्दाअगाडि सन् १९४० को दशककमा हरेक १६ जनामध्ये एक जनालाई क्यान्सर हुन्थ्यो । सन् १९७० को दशकमा सो अनुपात घटेर हरेक १० मध्ये एक जनामा क्यान्सर देखिन थाल्यो । अहिले हरेक दुई पुरुषमध्ये एक जना कुनै न कुनै प्रकारको क्यान्सरबाट पीडित हुने गरेका छन, जबकी यो अनुपात महिलामा केही कम छ । हरेक ३ मध्ये एक महिला क्यान्सरबाट पीडित छन् ।

हेल्थ इम्प्याक्ट नामक म्यागेजिनले अगाडि लेख्छ, ‘हामीले क्यान्सरसँगको युद्ध हारिसकेका छौ । ’ ‘क्यान्सर उद्योग अमेरिकामा सम्भवत निकै सफल व्यापार बनेको छ । सन् २०१४ मा झण्डै १६ लाख ६५ हजार ५ सय ४० ओटा नयाँ क्यान्सरका केस पत्ता लागेको थियो भने क्यान्सरका कारण ५ लाख ८५ हजार ७ सय २० क्यासरबाट मृत्यु भएको थियो ।

कर तिरको रकमको ६ अरब डलर रकम नेसनल क्यान्सर इन्स्टिच्युट (एनसीआई) जस्ता क्यान्सर अनुसन्धानका लागि विभिन्न संघीय निकाय मार्फत प्राप्त भएको थियो । एनसीआईका अनुसार क्यान्सर उपचारको लागि मेडिकल खर्च १२५ अर्ब डलर पुगेको छ र अगामी २०२० सम्ममा यो खर्च ३९ प्रतिशत अर्थात १७३ डलरले बढ्नेछ ।

केही संसयवादीका अनुसार क्यान्सर उपचार आफैमा एउटा आकर्षक उद्योग हो, जहाँ धेरै मानिसहरुले रोजगारी पाएका छन् र आम्दानी पनि प्रशस्त हुने गरेका छन् । वास्तवमा क्यान्सर उपचारमाथिको वर्तमान अनुसन्धान यो मान्यतामा आधारित छ की यसको बजारसँगै रोग पनि बृद्धि हुन्छ ।

सन् २०१० मा फिल्म निर्माता वायन चेस्लरले निर्माण गरेको कट पोइजन बर्न शीर्षकको वृत्तचित्रमा अमेरिकामा क्यान्सरका लागि गरिने परम्परागत उपचार (सर्जरी, केमोथेरापी र रेडियसन) मा भ्रष्टाचार लगायत अनेक अनियमितता हुने उल्लेख छ । योर न्युजले सो वृत्तचित्रबाट मेडिकल क्षेत्रका केही व्यक्तिको केही मननीय भनाई समेत निकालेको थियो ।

‘सन् १९२० देखि वर्तमान अवस्थासम्म बयस्कहरुको क्यान्सर उपचारमा हामीले थोरै प्रगति गरेका छौ । तसर्थ, प्रोटेस्ट क्यान्सर वा स्तन क्यान्सर भएका व्यक्ति सन् १९२० को तुलनमा धेरै बाँच्छन’ सिमोन प्रोटेक्टिभ क्यान्सर सेन्टरका संस्थापक चाल्र्स सिमनको भनाई उदृत गर्दै वृत्तचित्रमा उल्लेख गरिएको छ ।

‘क्यान्सर शब्द सुन्ने वित्तिकै मानिसहरु किन यति भयभित हुन्छन ? किनकी परम्परागत क्यान्सर उपचार विधिले काम गर्दैन भन्ने उनीहरुलाई राम्रै थाहा छ,’ ह्वाइटेक वेलनेस इन्स्टिच्युटका संस्थापक डा जुलियान ह्वाइटेक भन्छन् ।

एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ