२०८० मंसीर १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक शिखर सम्मेलन सुरु

आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक शिखर सम्मेलन सुरु


काठमाडौं—आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक शिखर सम्मेलन सुरु भएको छ ।  ३ दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन आज नीतिगत ब्रिफिङ तथा अनुसन्धान सम्बन्धि छलफल भइरहेको छ ।

‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्धन : नेपालमा दृढ स्वास्थ्य प्रणालीको पाठ’ नाराको साथ सुरु भएको सम्मेलनमा ४० वटा अनुसन्धानमूलक कार्यहरुको मौखिक प्रस्तुती हुनेछन् ।

स्वदेशी तथा विदेशी वैज्ञानिकहरुको सहभागिता रहने सम्मेलनमा ८७ वटा पोष्टर प्रस्तुती, ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तर्राष्ट्रिय विज्ञहरुको प्रस्तुतीकरण पनि रहनेछ।

संघीय संरचनामा स्वास्थ्य प्रणालीको सुदृढीकरण र कोभिड-१९ अन्तरर्गत दृढ प्रादेशिक तथा स्थानीय स्वास्थ्य प्रणाली, रोगहरुको भार, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा, शासन र नेतृत्त्वको अवस्था: अवसर र चुनौती तथा कोभिड महामारीका सिकाइ, सहकार्यको साथै अन्य विषयमा आमन्त्रित विज्ञहरुको गहन छलफल र प्रस्तुतीकरण हुनेछ।

त्यस्तै, दोस्रो दिन पहिलो सत्रमा समुद्घाटन, दुई वटा समानान्तर सत्रहरुमा स्वास्थ्य प्रणाली र नीति अनुसन्धान, बायोमेडिकल, इपिडिमियोलोजी र क्लिनिकल अनुसन्धानलगायतका विषयहरुमा प्रस्तुतीकरण र छलफल हुनेछ।

तेस्रो दिन भने पहिलो सत्रमा विश्वव्यापी स्वास्थ्य र कार्यवान्यवन अनुसन्धानला बारेमा छलफल र समानान्तर सत्रहरु रहनेछ। जसमा अनुसन्धान आचारसंहिता, औषधि अनुसन्धान, मातृ शिशु, नवजात शिशु, बाल स्वास्थ्य र अन्तर विषय अनुसन्धानकाबारे वृहत छलफल हुनेछ।

कार्यक्रमको समापनमा उत्कृष्ट अनुसन्धानकर्तालाई विभिन्न एवार्डहरुद्वारा सम्मानित गरिनेछ । जसमा एनएचआरसी वेष्ट रिसर्च पेपर एवार्ड, हेल्थ रिसर्च एवार्ड, मृगेन्द्र-सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (चिकित्सक), मृगेन्द्र-सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (एनएचआरसी स्टाफ), हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट एवार्ड, एनएचआरसी वेष्ट पर्फमर एवार्ड, बेष्ट प्रिजेन्टेसन एवार्ड (ओरल) र वेष्ट प्रिजेन्टेसन एवार्ड (पोष्टर) अवार्ड रहेका छन् ।

गत वर्ष कोभिडका कारण भर्चुअल माध्यमबाट सम्मेलन गरिएको थियो। तर, यसवर्ष भने  भौतिक रुपमा सम्मेलन सुरु भैरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ