२०८० मंसीर २५, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको १५५ सदस्य केन्द्रीय समितिमा को-को चुनिए ? (नामावलीसहित)

राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको १५५ सदस्य केन्द्रीय समितिमा को-को चुनिए ? (नामावलीसहित)


काठमाडौं–नेकपा एमाले निकट स्वास्थ्यकर्मी संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको नयाँ नेतृत्व सहमतिमा चयन भएको छ ।

गत शुक्रबारबाट कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा संचालन भइरहेको महाधिवेसनले डा. झलक शर्मा गौतमको नेतृत्वमा १५५ सदस्य केन्द्रीय समिति चयन गरेको हो ।

चार उपाध्यक्षमा रामहरी ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंहलाई सर्वसम्मत भएका छन् ।

अध्यक्षपछिको कार्यकारी पद महासचिवमा निवर्तमान सचिव डा. सन्तोष पौडेललाई चयन गरिएको छ ।

त्यसैगरी, उपमहासचिवमा हिमालय तिवारी र अमृता बराल तथा कोषाध्यक्षमा अञ्जु बस्नेत सर्वसम्मत भएका छन् । सचिवका लागि प्रत्येक प्रदेशबाट एक-एक जना सर्वसम्मत निर्वाचित भएका छन् ।

जसअनुसार प्रदेश १ बाट रामचन्द्र मिश्र, मधेश प्रदेशबाट धर्मेन्द्र यादव, बागमतीबाट नारायण पौडेल, गण्डकीबाट लक्ष्मण बसौला, लुम्बिनीबाट खगराज पोखरेल, कर्णालीबाट सुशील शाही, सुदूरपश्चिमबाट सिद्धप्रसाद ढुंगाना र उपत्यका प्रदेशबाट रुपा केसी रहेका छन् ।

निवर्तमान अध्यक्ष रामबहादुर चन्दलाई सल्लाहाकार समितिको अध्यक्ष बनाइएको छ । त्यसैगरी, लेखा आयोगको अध्यक्षमा डा मोहन कृष्ण श्रेष्ठ, निर्वाचन आयोगको अध्यक्षमा मदन कुमार वली र अनुसासन समितिको संयोजकमा त्रिलोक गुरुङ्गलाई सर्वसम्मत गरिएको छ ।

निर्वाचित सदस्यहरुको नामावली यस प्रकार छ

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ