२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १जीतको खबर सुन्न नपाई वडा सदस्यको मस्तिष्कघातका कारण मृत्यु

जीतको खबर सुन्न नपाई वडा सदस्यको मस्तिष्कघातका कारण मृत्यु


विराटनगर – धनकुटाको चौविसे गाउँपापलिका २ को वडा सदस्य पदमा पुनः विजयी बनेको खबर सुन्न नपाई ५२ वर्षीय अटलबहादुर सूर्जे मगरको निधन भएको छ। मधुमेह र उच्चरक्तचापका बिरामी मगरको मष्तिष्कघातका कारण शनिबार राति निधन भएको हो।

अघिल्लो निर्वाचनमा पनि वडा सदस्य निर्वाचित भएका उनले यसपटक पनि नेकपा एमालेबाट ७९२ मतसहित जित दर्ता गरेका थिए। तर, जीतको खबर भने सुन्नै नपाई उनको निधन भयो।

‘बुबालाई जित्दैछु भन्ने त थाहाँ थियो, ‘उनका छोरा मदनले भने, ‘तर, जितेको खबर सुन्न चाहिँ पाउनुभएन ।’ शनिबार साँझ ६ बजेतिर मतागणनास्थलमै अचानक स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि धरान लगिएको थियो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसीयु खाली नरहेको बताएपछि विराटनगरकोमा नोबेल अस्पताल पु-याएसँगै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

‘गणनास्थलमा बसिरहेका बेला पसिना आउने, काम्ने, वान्ता आउने भयो,’ मदनले भने ‘त्यत्तिकैमा उहाँ बेहोस हुनुभयो। त्यसपछि होस आएन ।’ मगरका दुई छोरा र पत्नी छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ