२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १रामपुरमा १५ शैय्याको जेरियार्टिक अस्पतालको शिलान्यास

रामपुरमा १५ शैय्याको जेरियार्टिक अस्पतालको शिलान्यास


विराटनगर – विराटनगरमा – ६ रामपुरमा ज्येष्ठ नागरिकहरूको उपचारको लागि १५ शैय्याको जेरियार्टिक अस्पताल बन्ने भएको छ ।  सोमबार अस्पतालको शिलान्यास नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गरेका हुन् ।

शिलान्यास  कार्यक्रममा बोल्दै कांग्रेसका वरिष्ठ नेता कोइरालले जेरियार्टिक अस्पताल निर्माणमा सहयोग गर्ने बताए । उनले राज्यले पनि जेरियार्टिक अस्पताल निर्माणमा लगानी गर्नुपर्ने बताए ।

विराटेश्वर वृद्धाश्रममले चन्दाल संकलन गरेर करिब ३० करोडको लगानीमा जेरियार्टिक अस्पताल बनाउन सुरू गरिएको अध्यक्ष जगत अर्यालले जानकारी दिए । ‘ज्येष्ठ नागरिकहरुको उपचारको लागि छुट्टै जेरियार्टिक अस्पताल बनाउन सुरु गरिएको छ,’ उनले भने, ‘अस्पताल बनाउन सबैको साथ सहयोग आवश्यक पर्नेछ । अस्पतालको लागि मनकारी व्यक्तिहरुले सहयोग गर्न सुरू पनि गरेका छन् ।’

१ बिघा क्षेत्रफलमा सो अस्पताल बन्न लागेको हो । अस्पताल बन्ने जग्गा विराटनगरका सरोज अधिकारीका छोरा बुहारी संजिव अधिकारी, अंजना अधिकारीले दान गरेका हुन् । जेरियाट्रिक अस्पतालमा ज्येष्ठ नागरिकहरुको र सहज तरवले स्वास्थ्य उपचार सेवा प्रदान गरिने अध्यक्ष आर्यालले बताए । जेरियार्टिक अस्पताल ज्येष्ठ नागरिकमैत्री अस्पताल बन्ने उनले बताए ।

 कार्यक्रममा विराटनगर महानगरपालिका नवनिर्वाचित मेयर नागेश कोइरालले जेरियाट्रीक अस्पताल निर्माणमा महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ