२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यतपाईको धुम्रपानको लत आगामी पुस्ताको स्वास्थ्यका लागि पनि हानिकारक

तपाईको धुम्रपानको लत आगामी पुस्ताको स्वास्थ्यका लागि पनि हानिकारक


विश्व धुम्रपान रहित दिवस २०२२: हामीले के खाने र पिउने, हाम्रो जीवनशैली, त्यसको प्रत्यक्ष असर हाम्रो स्वास्थ्यमा देख्न सकिन्छ। तर, के तपाईलाई थाहाँ छ हाम्रा केही नराम्रो बानीले पनि आगामी पुस्ताको स्वास्थ्यका लागि निकै चुनौतीपूर्ण समस्या निम्त्याउन सक्छ ? अध्ययनका अनुसन्धानकर्ताहरुले हामीमध्ये धेरैले यस्ता धेरै बानीहरू देखेका छौं। जसको प्रभावले बालबालिकाको स्वास्थ्यमा पनि असर पार्न सक्छ। तीमध्ये धुम्रपान पनि एक हो।

धुम्रपान गर्ने मानिसमा फोक्सो र मुटुसँग सम्बन्धित समस्या हुने मात्रै होइन। यसले बालबालिकाको स्वास्थ्यमा पनि गम्भीर असर पार्न सक्छ । यही खतरालाई मध्यनजर गर्दै जनचेतना अभिवृद्धि गर्न हरेक वर्ष मे ३१ मा ‘विश्व धुम्रपान रहित दिवस’ मनाइन्छ । आज विश्वभर नै ‘विश्व धुम्रपान रहित दिवस’ मनाइएको छ ।

धुम्रपान गर्नेहरू र साथै यसको धुवाँमा परेका मानिसहरूलाई विभिन्न स्वास्थ्य समस्याहरूको लागि जोखिम हुन सक्छ। विशेषगरी नवजात शिशुहरूको यो खतरनाक धुवाँको जोखिमका कारण मृत्युको जोखिम पनि बढ्न सक्छ। यही कारणले गर्दा स्वास्थ्य विशेषज्ञहरूले सबैलाई धुम्रपानको बानीबाट बच्न सल्लाह दिने गर्दछन्। आउनुहोस् यो बानीको खतरनाक साइड इफेक्ट बारे जान्नुहोस्।

बालबालिकाको स्वास्थ्यमा असर

धुम्रपान गर्ने आमाबाबुले आफ्ना छोराछोरीमा पनि धेरै रोग लाग्ने खतरा बढेको अध्ययनले देखाएको छ।  वैज्ञानिकहरुले सन् २०१४ को एक अध्ययनमा,  जसका आमाबाबुले धेरै धुम्रपान गरेका बच्चाहरू उच्च बडी मास इन्डेक्स हुने जोखिममा हुन सक्ने पत्ता लगाए । बालबालिकामा बढेको बीएमआई विभिन्न गम्भीर स्वास्थ्य समस्याहरू जस्तै हृदय रोग, फोक्सोको समस्या र मधुमेहको कारक मानिन्छ।

साइड इफेक्ट तीन पुस्तासम्म हुन सक्छ

धुम्रपानको नकरात्मक असरबारे जान्नको लागि गरिएको एक अध्ययनमा वैज्ञानिकहरूले केही परिवारमा यसको साइड इफेक्ट तीन पुस्तासम्म देख्न सक्ने पत्ता लगाएका छन् । वैज्ञानिकहरूले धुम्रपानको बानीलाई धुम्रपानका कारण हुने साइड इफेक्टहरूसँगै पुस्तासम्म पु-याउन सक्ने पत्ता लगाएका छन्।

सुर्तीजन्य पदार्थको उपभोगलाई धेरै गम्भीर रोगहरूको प्रमुख कारकका रूपमा लिइन्छ। समयमै धुम्रपान गर्ने बानीलाई नियन्त्रण गर्न सके अकाल मृत्युको जोखिम ३० प्रतिशतले कम गर्न सकिने विज्ञहरू बताउँछन् ।

धुम्रपानबाट हुने रोगहरू

धुम्रपान गर्ने व्यक्तिहरूमा क्यान्सर, हृदय रोग, स्ट्रोक, फोक्सोको रोग, मधुमेह र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) को विकासको उच्च जोखिम हुने अध्ययनले देखाउँछ। धुम्रपानले क्षयरोग, आँखाको रोग र रुमेटोइड गठिया सहित प्रतिरक्षा प्रणाली समस्याहरूको जोखिम पनि बढाउँछ। यीमध्ये धेरैजसो समस्याले अकाल मृत्युको जोखिम बढाउने गरेको पाइन्छ।

यी गम्भीर खतराहरू बारे पनि जान्नुहोस्

धुम्रपानको बानीले मुटु, फोक्सो र रक्तनलीलाई हानि पुर्‍याउँछ। यो कोरोनरी हृदय रोग (सीएचडी)को एक प्रमुख कारण मानिन्छ, जसमा धमनीहरूले हृदयको मांसपेशीमा पर्याप्त अक्सिजन युक्त रगत आपूर्ति गर्दैन। धुम्रपानले फोक्सोको गम्भीर रोगहरू जस्तै क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी), निमोनिया र क्षयरोग, फोक्सोको संक्रमणको जोखिम पनि बढाउँछ जुन जीवनलाई खतरामा पार्न सक्छ।

-एजेन्सी सहयोगमा


क्याटेगोरी : जनस्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ