२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १दुबईमा बिएण्डसी मेडिकल कलेज खोल्ने सम्झौता, वार्षिक ५०० मेडिकल विद्यार्थी पढाइने

दुबईमा बिएण्डसी मेडिकल कलेज खोल्ने सम्झौता, वार्षिक ५०० मेडिकल विद्यार्थी पढाइने


झापा—झापास्थित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर दुबईमा खोल्ने सम्झौता भएको छ । आइतबार संयुक्त अरब इमिरेट्स (युएई)का राजकुमार शेख मोहम्द विन मक्तोमिउम जुमाल मक्तोउम र बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईबीच सम्झौतामा पत्रमा हस्ताक्षर भएको हो ।

वार्षिक ५ सय मेडिकल स्टुडेन्ट पढाउने गरी बीएण्डसी दुबईमा खोल्ने सम्झौता भएको हो । ‘नेपालको परिवारसँग सहकार्य गर्न पाउँदा ज्यादैं खुसी भएको छु,’ युएईका राजकुमारले सम्झौतापछि भने, ‘मानवतालाई केहीले छेक्न सक्दैन । म फरक भूगोलको तपाईहरु फरक भूगोलको तर मानवता ठूलो कुरा हो ।’

बीएण्डसीले पूर्वाधारलगायतका मेडिकल कलेजका लागि आवश्यक मापदण्ड पूरा गरेपनि अहिलेसम्म चिकित्सा शिक्षाका कार्यक्रम चलाउन पाएको छैन ।

यसैगरी, प्रसाईले राजकुमार शेख मोहम्मदसँग नेपालबाट दुबईमा पानी सप्लाई गर्ने सम्झौता पनि गरेका छन् ।

शेख शनिबार पूर्वाञ्चल क्यान्सर अस्पतालले पेट सिटी स्क्यान सेवाको उद्घाटन गर्न झापा पुगेका हुन् । आइतबार नै उनले पूर्वाञ्चल क्यान्सर अस्पतालको पेट सिटी स्क्यान सेवाको समेत एक समारोहमाझ उद्घाटन गरेका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ