२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङमा १ लाख ३५ हजार बालबालिकालाई फाइजर भ्याक्सिन लगाउने लक्ष्य

मोरङमा १ लाख ३५ हजार बालबालिकालाई फाइजर भ्याक्सिन लगाउने लक्ष्य


विराटनगर—स्वास्थ्य कार्यालय मोरङले बालबालिकाहरूका लागि कोभिड–१९ विरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउने भएको छ । पाँच वर्षभन्दा माथि र ११ वर्षसम्मका बालवालिकाहरूको लागि ‘फाइजर बायोएनटेक’ खोप लगाइने भएको हो ।

खोप मोरङ जिल्लाका १७ वटै स्थानीय तहहरूमा यही १२ देखि १७ असारसम्म लगाइने स्वास्थ्य कार्यालय मोरङका खोप शाखा प्रमुख कन्हैया साहले जानकारी दिए । उनका अनुसार मोरङमा ५ वर्षभन्दा माथि र ११ वर्षसम्मका १ लाख ४५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

७ सय जना स्वास्थ्यकर्मी र १ हजार ६ सय जना स्वयमंसेवीहरूले १७ वटै स्थानीय तहका खोप केन्द्रमा पुगेर कोभिड–१९ विरुद्धको खोप बालबालिकाहरुलाई लगाउनेछन् । ‘बालबालिकाहरूलाई लगाइने यो खोप ९१ प्रतिशत प्रभावकारी रहेको छ,’ खोप शाखा प्रमुख साहले भने, ‘त्यही भएर यो खोप बालबालिकाहरूलाई लगाउन प्रभावकारी छ ।’

जिल्लाको ७ सय ९६ वटा खोप केन्द्रहरूबाट बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम छ । खोप केन्द्र स्थानीय तहमा रहेको विद्यालय, स्वास्थ्य संस्थाहरूमा खोप लगाइने तयारी गरिएको छ । ‘पाँच वर्षमाथिका बालबालिकाहरू विद्यालय जाने भएकोले विद्यालयमा नै खोप केन्द्र राख्ने राष्ट्रिय नीतिअनुसार तयारी गरिएको हो,’ खोप शाखा प्रमुख साहले भने, ‘यो खोप अभियानमा कोही पनि बालबालिकाहरु खोपबाट बन्चित नहुन भनेर प्रचार–प्रसारमा पनि जोड दिएका छौं ।’

मोरङमा कोभिड–१९ विरूद्धको खोप १२ वर्षमाथि उमेरका ९० प्रतिशत नागरिकले लगाएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । अहिलेसम्म ६ लाख ६७ हजार २ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय मोरङको अभिलेखमा देखिन्छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ