२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजनमैत्री अस्पतालले १८ जना नर्सको ६ वर्ष बितिसक्दा पनि १३ लाख बढी पारिश्रमिक भुक्तानी दिएन

जनमैत्री अस्पतालले १८ जना नर्सको ६ वर्ष बितिसक्दा पनि १३ लाख बढी पारिश्रमिक भुक्तानी दिएन


काठमाडौं—बालाजुस्थित जनमैत्री अस्पतालले १८ जना नर्सको १३ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक ६ वर्ष बितिसक्दा पनि भुक्तानी नगरेको पाइएको छ । हेल्थआवाजले बिहीबार चिकित्सकहरुले पारिश्रमिक वापतको ठूलो रकम अस्पतालले भुक्तानी नदिएको समाचार प्रकाशित गरेपछि पारिश्रमिक नपाएका १८ जना नर्स पनि हेल्थआवाजको सम्पर्कमा आएका छन् ।

ती १८ जना नर्सहरुको कम्तिमा २८ हजारदेखि बढीमा १ लाख ११ हजार ४ सय रुपैयाँसम्म पारिश्रमिक भुक्तानी गर्न बाँकी पाइएको छ । अस्पतालले ती नर्सहरुलाई १३ लाख १९ हजार ६ सय रुपैयाँ पारिश्रमिक दिन बाँकी छ । ती नर्सहरुका अनुसार अरु धेरैजना नर्सहरुले पनि ६ वर्षदेखि तलब वापतको ठूलो रकम भुक्तनी पाएका छैनन् ।

‘हामीले पहिले गएर पारिश्रमिक नपाएको कुरा पटक—पटक ग¥यौं । बीचमा अस्पताल बन्द भयो । अहिले फेरि नयाँ व्यवस्थापनले लिएको कुरा आयो,’ पारिश्रमिक नपाएकी एक नर्सले हेल्थआवाजसँग भनिन्, ‘हामी श्रमजीविहरु १६ महिनासम्मको पारिश्रमिक नदिएर पेटमा लात हान्ने काम भएको छ । अरु धेरैजना साथीहरुले पनि एक वर्षदेखि डेढ वर्षसम्मको तलब भुक्तानी पाउनुभएको छैन ।’

यस्तै, हेल्थआवाजको सम्पर्कमा आएका ४ जना मेडिकल अधिकृतको ८ लाख ५३ हजार रुपैयाँ पारिश्रमिक अस्पतालले भुक्तानी गरेको छैन ।

जनमैत्री अस्पतालमा तत्कालीन माओवादी पार्टी निकट व्यक्तिहरुको लगानी रहेको थियो । यस विषयमा बिहीबार हेल्थआवाजले तत्कालीन अस्पतालका प्रमुख कृष्ण शर्मासँग हेल्थआवाजले सम्पर्क गर्दा उनले पारिश्रमिक दिन बाँकी रहेको र अहिले अस्पतालको व्यवस्थापन नै परिवर्तन भइसकेको हुँदा नयाँ व्यवस्थापनले सो दायित्व लिनुपर्ने बताएका थिए । ‘अस्पतालमा काम गरेकाको पारिश्रमिक दिन बाँकी छ,’ उनले भनेका थिए, ‘अहिले जसले अस्पतालको स्वामित्व टेकओभर गरेको छ । उसले नै त्यो तिर्नुपर्ने हुन्छ । यो स्वभाविक हो । नयाँ व्यवस्थापनसँग बसेर सल्लाह गर्नुपर्ने हुन्छ ।’ नयाँ व्यवस्थापनले भने पुरानो व्यवस्थापनले दिनुपर्ने बताउँदैं आएको छ ।

जनमैत्री अस्पतालको स्वामित्व केही समयअघि प्रधानमन्त्री कार्यलयका राज्यमन्त्री उमेश श्रेष्ठको समूहले लिएको हो । श्रेष्ठको समूहले जनमैत्री अस्पताललाई ‘सिल्भर लाइन अस्पताल’का नाममा ब्राण्डिङ समेत सुरु गरिसकेका छन् । यस विषयमा सिल्भर लाइन हस्पिटल व्यवस्थापनसँग बुझ्न खोज्दा अस्पताल व्यवस्थापन सम्पर्कमा आउन चाहेन ।

यो पनि पढ्नुस् 

६ वर्ष बितिसक्दा पनि जनमैत्री अस्पतालका चिकित्सकले पाएनन् १ करोड बढी पारिश्रमिक


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ