२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुतेको समयमा तीव्र गतिमा फैलिन्छ क्यान्सर कोषिका : अध्ययन

सुतेको समयमा तीव्र गतिमा फैलिन्छ क्यान्सर कोषिका : अध्ययन


स्तन क्यान्सरका बिरामीमा क्यान्सरका कोषिकाहरू रगतमार्फत अन्य अंगहरूमा सजिलै पुग्छन्। वास्तवमा यी बिरामीको शरीरमा सुत्दा ट्युमर सक्रिय हुन्छ । यसको सहायताले शरीरका विभिन्न भागमा पुग्छ र गाँठोको रूपमा बढ्न थाल्छ।

यही कारणले गर्दा एक ठाउँमा ट्युमर सकिएपछि पनि अर्को ठाउँमा बन्ने सम्भावना रहन्छ । मुसामा गरिएको अनुसन्धानमा वैज्ञानिकहरूले यस्तो दाबी गरेका हुन् । स्विट्जरल्याण्डको जुरिचस्थित स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ता र क्यान्सर जीवविज्ञानी निकोल इक्टोका अनुसार क्यान्सरका कोषिकाहरू दिउँसोभन्दा रातमा बढी सक्रिय हुन्छन्।

वैज्ञानिकहरूका अनुसार शरीरमा एउटा आन्तरिक घडी हुन्छ, जुन जीनद्वारा नियन्त्रित हुन्छ। यसले शरीरमा हुने प्रक्रियाहरू देखाउँछ। यसमा मेटाबोलिज्म र निन्द्रा पनि समावेश छ। यसअघि वैज्ञानिकहरूले क्यान्सरका कोषिकाहरु यति परिपक्व भएकाले शरीरको घडीमा कुनै फरक नपर्ने अनुमान गरेका थिए।

अन्य क्यान्सरको तुलनामा स्तन क्यान्सरको जोखिम बढी

अन्य क्यान्सरको तुलनामा स्तन क्यान्सरमा यस्ता कोषिका बढी हुन्छन् । जब यी क्यान्सर कोषिकाहरु रगतमा पुग्छन्, अन्य अंगहरूमा पनि ट्युमर बन्न धेरै समय लाग्दैन। यसलाई मेटास्टेसिस प्रक्रिया भनिन्छ। ‘द नेचर’ पत्रिकामा प्रकाशित रिपोर्ट अनुसार

३० जना महिलाले परीक्षण गरेका छन्

बिहान ४ बजे र १० बजे रगतको नमूना लिइएको थियो । विहान ४ बजेको नमूनामा ८० प्रतिशत सीटीसी लेभल बढेको परीक्षणले देखाएको छ । अर्थात् बिहान मानिस सुतिरहेको बेला क्यान्सरका कोषिकाहरू बढिरहेका थिए।

क्यान्सर ट्र्याक गर्दा सावधानी अपनाउनु पर्छ। रगतको नमूना दिनमा लिइयो भने क्यान्सर कोषिकाहरू  समात्न सक्दैनन्। यसका लागि डाक्टरले सीटीसी स्तर जाँच गर्दछ, जसले क्यान्सर कोषिकाहरु ट्युमर बनेको छ वा छैन भनेर देखाउँछ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ