२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रदेश एकमा स्वास्थ्य पत्रकार मञ्च गठन

प्रदेश एकमा स्वास्थ्य पत्रकार मञ्च गठन


विराटनगर – स्वास्थ्य पत्रकार मञ्च नेपाल प्रदेश एक तदर्थ समिति गठन गरिएको छ। स्वास्थ्य पत्रकार मञ्चकी पूर्व कार्य समिति सदस्य जुनु भटराईको संयोजकत्वमा समिति गठन भएको हो ।

सो समितिको सदस्यहरुमा अनिल श्रेष्ठ मोरङ, कृष्ण गौतम तह्थुम, पूर्ण चौधरी धनकुटा, अर्जुन बस्नेत भोजपुर, इश्वर तामाङ उदयपुर, रीता राइइलाम, उमानाथ भण्डारी झापा र संगम विष्ट सुनसरी रहेका छन् । सो समितिले छ महिना भित्रमा अधिवेशन आयोजना गरी पूर्णता पाउनेछ ।

प्रदेश समिति गठनका क्रममा स्वास्थ्य पत्रकार मञ्चका उपाध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारिता वृहत बन्दै गइरहेकोले सातवटै प्रदेशमा मञ्चको समिति विस्तार गरिने बताए । स्वास्थ्यपत्रकारिता अरु विटभन्दा जटिल रहेको भन्दै संवेदनशिल भएर स्वास्थ्यपत्रकारिता गर्नुपर्ने उनको भनाइ छ  ।

मञ्चका महासविच भिषा काफ्लेले स्वास्थ्यपत्रकारितालाई व्यवसायिक बनाउन तथा क्षमताअभिवृद्धि गर्नका लागि मञ्चले पत्रकारहरुलाई सहयोग गर्दै आएको बताए । अब स्थानीयतह र प्रदेशमा बसेर काम गर्ने पत्रकारले पनि विधागत विशिष्टता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

प्रदेश एकका स्वास्थ्य सचिव अनुज भट्टचनले मञ्च गठनले स्वास्थ्य पत्रकारिताको विधालाई अघि बढाउन सहयोग पुग्ने बताए। प्रदेश एकका स्वास्थ्य निर्देशनालय प्रमुख ज्ञान बहादुर बस्नेतले स्वास्थ्य बुझेका पत्रकारले स्वास्थ्यका विषयमा लेख्दा राम्रो हुने जनाए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ