२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्वराजा शाहको जन्मदिनमा स्वास्थ्य सामग्री वितरण

पूर्वराजा शाहको जन्मदिनमा स्वास्थ्य सामग्री वितरण


काठमाडौँ – हिमानी कोषले देशभर रहेका स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्री वितरण गरेको छ । बिहिबार पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनको अवसरमा कोषले नेपाल मेडिकल एशोसियसनमार्फत देशभर रहेका स्वास्थ्यकर्मीहरुलाई १ लाख ७५ हजार थान मास्क वितरण गरेको हो।

कोषको कार्यालयममा सम्पन्न कार्यक्रममा सामग्री बुझ्दै एशोसियसनका अध्यक्ष डा. लोचन कार्कीले सामग्री प्रदान गरेकोमा कोषलाई धन्यवाद व्यक्त गरेका छन् । कोषले महोत्तरीका ४ सय ७३ घरपरिवारलाई झुल र विभिन्न स्वास्थ्य सँस्थाहरुलाई करिब ८ हजार पञ्जाहरु समेत वितरण गरेको छ ।

यसअघि पनि कोभिड-१९को चरम महामारीको समयमा  कोषले एशोसियसनमार्फत ५ हजार थान केएन ९५ मास्क, २४०० थान स्यानीटाईजर र ४८ थान लेजर थर्मोमिटर हस्तान्तरण गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ