गृहपृष्ठ ∕ समाचार ∕ निधारमा लामखुट्टेको टोकाइपछि एक प्रशिक्षार्थी पाइलटको मृत्यु निधारमा लामखुट्टेको टोकाइपछि एक प्रशिक्षार्थी पाइलटको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७९ असार २४ गते, १३:०० मा प्रकाशित लामखुट्टेको टोकाइबाट मस्तिष्कसम्म संक्रमण फैलिएर एक प्रशिक्षार्थी विमानचालकको ज्यान गएको एक अनुसन्धानले निष्कर्ष निकालेको छ । बेल्जियममा विमानचालकको तालिम लिन पुगेकी इंग्ल्याण्डकी २१ वर्षीया ओरियाना पेपरलाई निधारमा लामखुट्टेले टोकेको पाँच दिनपछि गत वर्ष जुलाईमा मृत्यु भएको थियो। फोकको ब्युरी सेन्ट एडमन्ड्सकी ओरियानालाई लामखुट्टेले उनको दाहिने आँखिभुइँको माथि टोकेको थियो । द सनका अनुसार ओरियानाको दाहिने आँखा सुन्नीएकोले २०२१ जुलाई ७ मा अस्पताल लगिएको थियो । उनलाई एन्टिबायोटिक दिएर र घर जान भनिएको थियो । दुई दिन पछि उनी ढलेपछि उनका प्रेमी जेम्स हलले उनलाई फेरि अस्पताल लगेका थिए । उनको तीन दिन पछि अस्पतालमा उनको मृत्यु भएको थियो । उनको मृत्युको कारणबारे हाल गरिएको अनुसन्धानको निष्कर्ष अदालतमा पेश गरिएको छ । सफोकका वरिष्ठ कोरोनर निगेल पार्स्लेले ओरियानाको मृत्यु निधारमा कीराको टोकाइबाट हुने गम्भीर संक्रमणका कारण भएको जनाए। पोस्टमार्टममा युवतीको मस्तिष्कमा संक्रमण फैलिँदा सेप्टिक एम्बोलीका कारण मृत्यु भएको पाइएको थियो। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५९७ पारामेडिक्स र २५४ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब कोशीको न्यूरो सर्जरीमा जनशक्ति र उपकरण अभाव स्वास्थ्यमा दरबन्दी थप हुने कुरा टुंगो लागेको छ : स्वास्थ्यमन्त्री मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको टकरावले रोकियो स्वास्थ्य सचिवको सरुवा कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ४ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ५ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ स्वास्थ्य स्वयंसेविकाको गुनासो: ३० वर्ष काम गरेर २० हजार लिएर विदा हुँदा मन कति रुँदो हो ? ट्रेण्डिङ स्तन क्यान्सरका ५ कारण, कसरी बच्ने यसबाट ? युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ यौन सम्पर्क नभए पनि लाग्न सक्छ यौन रोग मेरुदण्डको समस्याबारे जनचेतना फैलाउन दमक स्पाइन क्लब गठन के हो यौन सम्पर्कको समयमा चारमध्ये तीन महिलामा हुने ‘डिस्पेरुनिया’ ? भूकम्पपछिको महामारी आँकलनका लागि इडिसिडीबाट खटाइयो तीन सदस्यीय टोली खटाइयो शिक्षण अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने कोरोना हटस्पट नरैनापुरमा डेढ वर्षपछि डाक्टर स्तन क्यान्सरका ५ कारण, कसरी बच्ने यसबाट ? युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ यौन सम्पर्क नभए पनि लाग्न सक्छ यौन रोग मेरुदण्डको समस्याबारे जनचेतना फैलाउन दमक स्पाइन क्लब गठन के हो यौन सम्पर्कको समयमा चारमध्ये तीन महिलामा हुने ‘डिस्पेरुनिया’ ? भूकम्पपछिको महामारी आँकलनका लागि इडिसिडीबाट खटाइयो तीन सदस्यीय टोली खटाइयो शिक्षण अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने कोरोना हटस्पट नरैनापुरमा डेढ वर्षपछि डाक्टर