२०८२ जेठ ४, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभिटामिनको रूपमा खुवाइने ‘बायोडी ड्रप्स’ विक्री वितरण नगराउन औषधी विभागको आग्रह

भिटामिनको रूपमा खुवाइने ‘बायोडी ड्रप्स’ विक्री वितरण नगराउन औषधी विभागको आग्रह


काठमाडौँ – औषधी व्यवस्था विभागले बालबालिकालाई भिटामिनको रुपमा दिइने ‘बायोडी ड्रप्स’ नामक औषधीको विक्री वितरण नगराउन अनुरोध गरेको छ। विभागले बिहीबार सूचना जारी गर्दै ‘बायोडी ड्रप्स’ औषधीको प्रयोगले बच्चामा विभिन्न नकारात्मक दुष्प्रभाव देखिएकोले विक्री वितरण नगर्न, नगराउन अनुरोध गरेको हो।

भारतमा उत्पादित सो औषधीको प्रयोगले बालबालिकामा विभिन्न नकारात्मक दुष्प्रभाव देखिएको अस्पताल तथा संचारमाध्यमले जानकारी गराएको र दर्ता समेत नभएको विभागले उल्लेख गरेको छ।

विभागका अनुसार औषधी ऐन, २०३५ बमोजिम विभागबाट अनुमति नभएका वस्तु औषधिका रूपमा मान्न नसकिने तथा सोको गुणस्तर तथा सुरक्षित र प्रभावकारिता बारेमा समेत एकिन नहुने हुन्छ। त्यस्ता वस्तुको पैठारी तथा विक्री वितरण नगर्न र औषधिका रूपमा प्रयोग नगर्न विभागले आग्रह गरेको हो।

त्यस्तै, बजारमा उपलब्ध केहि ट्याब्लेट, क्याप्सुल तथा झोललगायत औषधि र खाद्य समपुरकका रूपमा रहेका वस्तुको अत्यधिक पैठारी गरी सञ्चय, बिक्री वितरण र प्रयोग भइरहेको सम्बन्धमा  ध्यानाकर्षण भएको विभागले जनाएको छ ।

हाल बजारमा उपलब्ध कतिपय भिटामिन तथा लवणका सार तत्व भएका भनिएका वस्तु र औषधि स्वास्थ्यका दृष्टिले अनावश्यक र उपयोगिता नहुने भएकोले त्यस्ता वस्तु र औषधीलाई प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ