२०८१ चैत्र ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभेरी अस्पतालमा डा. बद्री र गजेन्द्र नारायण अस्पतालमा डा. प्रकाश मेसु नियुक्त

भेरी अस्पतालमा डा. बद्री र गजेन्द्र नारायण अस्पतालमा डा. प्रकाश मेसु नियुक्त


काठमाडौं—गजेन्द्र नारायण सिंह स्वाथ्य विज्ञान प्रतिष्ठान अस्पताल र भेरी अस्पतालमा नयाँ मेडिकल सुपरिटेण्डेन्टमा  नियुक्त भएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै भेरी अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. बद्री चापागाईलाई र गजेन्द्र नारायण अस्पतालमा डा. प्रकाश साहलाई नियुक्त गरेका हुन् ।

नेपालगन्जस्थित भेरी अस्पतालका मेसु डा. वीरेन्द्रबहादुर  चन्दले अनिवार्य अवकास पाएपछि त्यहाँको मेडिकल सुपरिटेण्डेन्टको पद खाली थियो। उक्त खाली ठाउँमा डा. चापागाईलाई जिम्मेवारी दिइएको हो  । डा. चापागाई सोही अस्पतालमा कार्यरत ११ औं तहका चिकित्सक हुन् ।

सप्तरीस्थित गजेन्द्र नारायण अस्पतालको मेसुको जिम्मेवारी डा. प्रकाशलाई दिइएको छ। यसअघि उक्त अस्पतालको मेसुको जिम्मेवारी डा. रंजित झाले सम्हाल्दैं आएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ