२०८२ असार २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारललितपुर महानगरमा बालबालिकालाई आजदेखि फाइजर खोप

ललितपुर महानगरमा बालबालिकालाई आजदेखि फाइजर खोप


काठमाडौँ – ललितपुर महानगरपालिकाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड-१९विरुद्धको खोप फाइजर खोप लगाउन सुरु गरेको  छ । सोमबारबाट महानगरले वडा नं १५, १६, १७, १८, १९, २० र २१ वडामा खोप अभियान सुरु गरेको हो ।

महानगरको अनुसार सो अभियान ३ दिनसम्म चल्ने छ । अभियानको दोस्रो दिन  २२, २३, २४, २५,२६,२७, २८ र २९ नम्बर वडामा र  तेस्रो दिन भने वडा नं १ देखि २९ नम्बर वडामै अभियान संचालन हुने महानगरले जनाएको छ ।

अभियान विहान  ११ बजे देखि अपरान्ह ४ बजेसम्म संचालन हुने बताइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ