२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधी ऐन संशोधन होइन्, प्रतिस्थापन गरेर नयाँ ऐन बनाउनुपर्छः सांसद भट्टराई

औषधी ऐन संशोधन होइन्, प्रतिस्थापन गरेर नयाँ ऐन बनाउनुपर्छः सांसद भट्टराई


काठमाडौं—नेकपा एमालेका सांसद योगेश भट्टराईले औषधी ऐन संशोधन गरेर मात्रै नहुने बताएका छन् । बुधबार प्रतिनिधीसभामा औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा भाग लिदैं उनले संशोधनले मात्रै अहिलेको आवश्यकता पूर्ति नगर्ने बताए ।

‘यो औषधी ऐन, २०३५ सालमा ल्याइएको हो,’ उनले भने, ‘यो झण्डै ४५ वर्षअगाडिको ऐन हो । आजको परिवर्तित परिस्थितीलाई यो ऐनले समग्रतामा समेट्न सकेको छैन । यो संशोधनले पनि समग्रतामा समेट्न सकेको छैन ।’ उनले अब नयाँ

कोरोना विरुद्ध विगतमा लड्दैं जाँदा सिकेको अनुभव खोप र क्लिनिक ट्रायलमा मात्रै सिमित रहेको बताए । उनले यो ऐनलाई संशोधन नभएर प्रतिस्थापन गर्नुपर्ने बताए ।

सांसद भट्टराईले गलत औषधीको प्रयोगले नेपाल वार्षिक कति मानिसको मृत्यु भइरहेको छ एकिन तथ्यांक नरहेको बताए । औषधी बिरामीलाई दिने सामान्य कुरामात्रै नभएको बताउँदैं यसमा उपभोक्ता अधिकार पनि आकर्षित हुने बताए ।

औषधीमा १६ देखि २० प्रतिशतमात्रै फाइदा लिन पाइने बताउँदैं नेपालमा ५० देखि २ सय प्रतिशतसम्म फाइदा लिने गरिएको बताए ।

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले औषधी र खोपको आपत्तकालीन प्रयोगको महत्वपूर्ण उद्देश्य रहेको बताइन् । उनले त्यसबाहेक नयाँ औषधी र खोपको क्लिनिकल ट्रायलका विषयमा पनि नयाँ संशोधनमा महत्वपूर्ण व्यवस्था भएको बताइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ