२०८० मंसीर २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री भन्छन्, ‘औषधीको मुल्यमा रहेको फरकलाई गम्भीर ढंगले अनुगमन गर्छौ’

स्वास्थ्यमन्त्री भन्छन्, ‘औषधीको मुल्यमा रहेको फरकलाई गम्भीर ढंगले अनुगमन गर्छौ’

औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ प्रतिनिधीसभाबाट पारित


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले औषधीको मुल्यमा रहेको फरकलाई गम्भीर ढंगले अनुगमन गर्ने बताएका छन् । बुधबार प्रतिनिधीसभामा औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा उठेका प्रश्नमाथि जवाफ दिदैं मन्त्री खापुङले उक्त जानकारी दिएका हुन् ।

‘औषधीको मूल्य आएको फरकलाई गम्भीर ढंगले अनुगमन गर्ने कुरा म यहाँ राख्न चाहन्छु,’ उनले भने, ‘औषधी कुन कम्पनीको हो उपभोक्ताले रोज्न पाउनुपर्छ भन्ने कुरा प्राविधिक कुरा भएकाले मन्त्रालयमा छलफल गर्ने कुरा अनुरोध गर्न चाहन्छु ।’

औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सांसद दिव्यमणि राजभण्डारी र सांसद गिरिराजमणि पोखरेलले संशोधन फिर्ता लिएका थिए भने प्रेम सुवालले दर्ता गरेको संशोधन प्रस्ताव भने फिर्ता लिएनन् । सुवालको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

लगतै, सभामुख अग्नीप्रसाद सापकोटाले औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ लाई निर्णायार्थ प्रस्तुत गरेका थिए । सांसदहरुले विरोध नजनाएपछि औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ पास भएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ