२०८१ फागुन २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखानामा नुन थप्ने बानीले पुरुषको उमेर २ वर्ष, महिलाको १.५ वर्ष घट्छ : अध्ययन

खानामा नुन थप्ने बानीले पुरुषको उमेर २ वर्ष, महिलाको १.५ वर्ष घट्छ : अध्ययन


खानामा छुट्टै नुन मिसाउँदा पुरुषको आयु दुई वर्ष र महिलाको आयु डेढ वर्षले घट्ने पाइएको छ । बेलायतमा ५० वर्ष उमेर समूहका पाँच लाख मानिसमा विगत नौ वर्षदेखि गरिएको अध्ययनमा  यस्तो खुलासा भएको विज्ञहरुले दावी गरेका छन् ।

अध्ययनमा आफ्नो खानामा नुन कम खानेमानिसहरूको तुलनामा प्रायः नुन थप्नेहरूमा प्रारम्भिक मृत्युको जोखिम २८ प्रतिशतले बढेको पाइयो । अमेरिकाको न्यु अर्लिन्सस्थित टुल्याण्ड युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थ एन्ड ट्रपिकल मेडिसिनका प्रोफेसर लु क्यूईले यस्तो अध्ययन भएको दाबी गरेका हुन ।

५ लाख मानिसमा ९ वर्षको अध्ययन

युके लेफ्ट बैंक स्टडीमा पाँच लाख मानिसलाई औसत नौ वर्षको लागि ट्र्याक गरिएको थियो। जब तिनीहरूले २००६  र  २०१० को बीचमा अध्ययनमा भाग लिनेहरूलाई आफ्नो खानामा पछि नुन कति पटक थप्ने गर्छन् भनेर   प्रश्न सोधिएको थियो। अनुसन्धानमा  खाना पकाउने प्रक्रियामा नुन समावेश गरिएन।

अध्ययनमा अन्य कारकहरू पनि मानिएको थिएन। स्वस्थ जीवनशैली नहुँदा मानिसको आयु घट्न सक्छ। तर, मानिसले खानामा पछि नुन थप्नेकुरामा विचार गर्नुपर्ने अनुसन्धान टोलीको भनाइ छ ।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ