२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि पहिलो संशोधन विधेयक पारित

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि पहिलो संशोधन विधेयक पारित


काठमाडौं—संसदले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि पहिलो संशोधन विधेयक, २०७९’ पारित गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि उक्त विधेयक प्रतिनिधीसभामा पेश गरेका थिए ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाका लागि महत्वपूर्ण हुने ठानिएको उक्त विधेयक संसदमा पेश भएलगतै दफावार छलफल गरिएको थियो । दफावार छलफलका क्रममा सांसदहरुले उक्त विधेयक आवश्यक रहेको जनाएका थिए भने कतिपय सांसदहरु सजायका प्रावधान अझै कडा पार्नुपर्ने मत राखेका थिए ।

सांसदहरुको छलफलपछि प्रतिनिधीसभाले उक्त संशोधन विधेयकलाई पारित गरेको हो ।

पछिल्लो समय स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणका घटना बढेपछि त्यस्ता घटनामा संलग्न हुनेलाई कडा कारवाहीको माग गर्दै कानुन जारी गर्नुपर्ने माग जबरजस्त रुपमा उठ्दैं आएको थियो । नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघलगायतका विभिन्न स्वास्थ्यकर्मी सम्वद्ध संघ संगठनहरुले जेल विद आउट बेलको  व्यवस्थासहित कानुनको माग गरेका थिए ।

प्रतिनिधीसभाले पारित गरेको विधेयकमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण गरेमा कडा सजायको व्यवस्था गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ