२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशआर्थिक अभावका कारण पशुपति चौलागाई स्मृति अस्पताल बन्द हुने अवस्थामा

आर्थिक अभावका कारण पशुपति चौलागाई स्मृति अस्पताल बन्द हुने अवस्थामा


चरिकोट- दोलखाको सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पताल संचालन खर्च धान्न नसक्ने भएको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर केसीले एक कार्यक्रम आयोजना गर्दै अस्पतालले खर्च धान्न नसकेको र बन्द गर्नुपर्ने अवस्था आएको जनाएका हुन् ।

उनले आर्थिक अभावका कारण अस्पताल सञ्चालन गर्न नसकिने बताउँदैं बताउँदै सरोकारवालाहरुसँग सहयोग मागेका छन् ।  ‘अस्पताल कोमामा पुगेको अवस्था छ। हालसम्म नि:शुल्क उपचारदेखि बिरामी र कुुरुवालाई खानासमेत उपलब्ध गराउँदै आएका थियौं । तर, बल्लतल्ल अहिलेसम्म अस्पताल थेग्न सकेका छौँ। साउनबाट हामी धान्न सक्दैनौं,’ उनले भने ।

दोलखाको ७० प्रतिशत जनतालाई अस्पतालले हालसम्म निःशुुल्क सेवा प्रवाह गर्दै आएको र तुुरुन्तै सःशुुल्क गर्न थालेमा सेवाग्राहीमा नकारात्मक सन्देश प्रवाह हुने भन्दै उनले दोलखाका अन्य पालिकाहरुले आर्थिक सहयोग गर्न अनुरोध गरेका छन्।

बागमती प्रदेशमा सञ्चालित १३ वटा प्रादेशिक अस्पतालहरुमध्ये पशुपति चौलागाई स्मृति अस्पताल दोलखाले मात्र निःशुल्क सेवा प्रवाह गर्दै आएको उनको भनाइ छ।

प्रायः पालिकाहरुले आ-आफ्नै ढंगले अस्पताल सञ्चालन गर्दै आएको र आर्थिक वर्षमा बजेट विनियोजन नगरिएको हुँदा यस अस्पताललाई सहयोग गर्न सकिने मेलुुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकरले बताए। त्यस्तै, कालिनञ्चोक, जिरीमा पनि पालिकाको आफ्नै अस्पताल धान्न गाह्रो भएकाले अन्य अस्पताललाई कसरी सहयोग गर्न सकिन्छ भन्नेमा सोच विचार गरिरहेको जिरी नगरपालिकाकी उपमेयर कृष्णमाया बुुढाथोकी र कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष रोशन बुुढाथोकीले जनाए ।

सुरुमा न्याय हेल्थले औषधिलगायत सम्पूूर्ण सेवा निःशुुल्क गर्दै आएको र न्याय हेल्थले छाडेपछि भीमेश्वर नगरपालिकाले पनि आन्तरिक स्रोत खोजी गरी बिरामीलाई निःशुुल्क सेवा प्रदान गर्दै आएको थियो । यस अस्पतालमा दैनिक दुुई सयदेखि तीन सयसम्म बिरामी जाँच गर्दै आएको छ । त्यस्तै डेलिभेरी ८० देखि सय जना मासिक रुपमा सेवा दिदैं आएको छ ।

अस्पतालले सामान्य शल्यक्रिया, आँखा, दाँतलगायतका सेवा समेत प्रदान गर्दै आएको छ । जिल्लामा सञ्चालित अन्य अस्पतालमा सःशुल्क सेवा भएकाले यस अस्पतालमा बिरामीको चाप बढेको डा. विनोद दंगालले जनाए ।

आगामी दिनमा अस्पताल सञ्चालक तथा व्यवस्थापन समिति र अन्य स्थानीय तहहरुले केही विकल्प खोज्न नसकेमा अस्पताल बन्द हुने अवस्थामा समेत पुगेको पशुपति चौलागाई स्मृति अस्पतालका प्रमुख डा. सञ्जय उलाकले चेतावनी दिए ।

‘अस्पतालमा पर्याप्त मात्रमा उपकरण भएतापनि दक्ष जनशक्ति अभावमा उपकरणहरु थन्काएर राख्नु परेको छ । हाल अस्पतालमा स्थायी र करारका कर्मचारी गरी ७० जनाले सेवा दिइरहेका छन्,’ डा. दंगालले भने, ‘प्रदेश सरकारले साउन १ गतेदेखि करारका कर्मचारीहरुलाई करार नवीकर नगर्नु भन्ने पत्र आएपछि अस्पताल झन जोखिममा परेको छ ।’


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ