२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयको १ अर्ब २२ करोड, संगठित र अन्य संस्थाको २ अर्ब ९ करोड बेरूजू

स्वास्थ्य मन्त्रालयको १ अर्ब २२ करोड, संगठित र अन्य संस्थाको २ अर्ब ९ करोड बेरूजू


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ अर्ब २२ करोड बढी बेरुजू पाइएको छ । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार मन्त्रालय र सो मातहतका निकायको १ अर्ब २२ करोड २८ लाख १८ हजार बेरुजू पाइएको छ ।

जसमध्ये ६० करोड ४२ लाख १९ हजार म्याद नाघेको पेश्की रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, संगठित अन्य संस्था र समितितर्फ २६ वटाको २ अर्ब ९ करोड ४७ लाख ५१ हजार बेरुजू देखिएको छ । जसमध्ये ३५ करोड ९० लाख ६३ हजार म्याद नाघेको पेश्की रहेको प्रतिवेदनमा छ ।

स्वास्थ्य मन्त्रालय र मातहतका सरकारी तथा संगठित संस्थासमेत गरी ४६ वटा निकायबाट सेवा प्रवाहित भइरहेको छ । महालेखाकाअनुसार मन्त्रालय र मातहतसमेत १६ सरकारी कार्यलयको ३६ अर्ब ४६ करोड ३० लाखको लेखापरीक्षण भएको छ ।

यस्तै, २६ अन्य संस्था र समितिको ५५ अर्ब ५ करोड ९२ लाखको लेखापरीक्षण भएको महालेखाले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ